६१ करोडबारे बस्नेत भन्छन्– नेकपाका नेताहरु बदनाम गराउन लागे

शुक्रबार, ०३ साउन २०७६, १८ : ०० नागरिक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन्। पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरुको संलग्नता रहेको दावी गरेका हुन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका कांग्रेस केन्द्रिय सदस्य बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि बताए।

उनले मिडिया काउन्सिल विद्येयकको विरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथिनै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दावी पनि गरे। काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैँया बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानवीन प्रक्रिया अघि बढाएको समाचार केही समाचार माध्यममा आएको थियो।

कांग्रेस केन्द्रिय सदस्य बस्नेतले सो सहकारी संस्थाको नाम आफूविरुद्धको सो समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सो सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ती जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताए। उनले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad