१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पोखरामा राष्ट्रपति मुखर्जी

पाेखरा अाेर्लिएपछि अभिवादन गर्दै राष्ट्रपति मुखर्जी

काठमाडौं— भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिवसीय नेपाल भ्रमणकाे शुक्रबार अन्तिम दिन दिउँसाे पाेखरा पुगेका छन्। यसअघि जनकपुर भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी जनकपुरकाे कार्यक्रम सकेर सिधै पाेखरा पुगेका हुन्।

बुद्ध एयरको जहाजबाट उनी पाेखरा गएका हुन्। उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुगेकाे थियाे। अरुबेला नियमित उडान नहुने जनकपुर– पोखरा रुटमा बुद्धका उडान सुरक्षा विभाग निर्देशक तथा प्रशिक्षक पाइलट रञ्जन शर्मा र एटिआर चिफ पाइलट सुनिल गुरुङले विमान उडाएका हुन्। 

करिब एक घन्टाकाे उडानपछि उनी जनकपुरबाट पोखरा पुगेका हुन्। पाेखरामा उनले भारतीय गाेर्खा रेजिमेन्टका भूपू सैनिकहरुलाई पेन्सन क्याम्पमा सम्बाेधन गरेका छन्। पोखरा भ्रमणपछि भारतीय राष्ट्रपतिको टोली ४ बजे काठमाडौं तर्फ लागेको छ।

प्रकाशित: १९ कार्तिक २०७३ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App