१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

फाइल फाेटाे

बाजुरा- बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए। 

दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए।

यसैगरी बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App