१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भदौमा डोल्पो महोत्सव

काठमाडौं – आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सन्देश फिजाउने उद्देश्यले आगामी भदौ २४ देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ। ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ मूल नारासहित डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो नामक संस्थाले संयुक्त रूपमा महोत्सवको आयोजना गर्न लागेका हुन्। 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गर्न लागिएको महोत्सवले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पु-याउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक ग्याल्पो थापा भोटेले बताए। डोल्पाको धो–तराप उपत्यकामा महोत्सव गरिनेछ। २०५१ सालमा स्थापना भएको क्रिस्टल माउन्टेन आधारभूत विद्यालयको स्थापना दिवस एवं रजत जयन्तीका अवसरमा आयोजना गरिने महोत्सवले शिक्षा, स्वास्थ्य, सरसफाइ, सञ्चार, यातायात, वातावरण तथा संस्कृतिमा डोल्पोवासीले सामना गर्नुपरेका चुनौतीबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गर्ने उनले बताए।

‘त्यति मात्र होइन, महोत्सवले डोल्पोलाई नेपालको एक प्रमुख पर्यटकीय प्रोडक्टका रूपमा स्थापित गर्न सघाउ पु-याउनेछ,’ भोटेले भने। महोत्सवमा लामाहरूको प्रवचन, गुम्बाहरूका मुखौटा नृत्य प्रदर्शन, गाउँका सांस्कृतिक नृत्य प्रदर्शन, वृत्तचित्र प्रदर्शनी, हस्तकला प्रदर्शनी, घोडा दौड र तीर हान्ने खेलको प्रदर्शनी, नयाँ पदमार्गको खोजी, पदयात्रालगायत गतिविधि गरिने जनाइएको  छ।

प्रकाशित: ३ श्रावण २०७६ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App