१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा फेरि भूकम्प

रोम (इटाली)– इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु¥याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ।


स्थानीय समयअनुसार बिहीबार १ बजेर ३५ मिनेटको समयमा मर्सेराटा प्रान्तलाई केन्द्रविन्दु बनाई गएको भूकम्पको धक्का इटालीको राजधानी रोममा समेत महसुस भएको थियो ।

इटालीमा अगस्ट २४ मा गएको भूकम्पबाट २९८ जनाको ज्यान लिएपछि लगातारजस्तै आउने गरेका पराकम्पनले यहाँको जनजीवनलाई भयभित तुल्याएको छ ।

अगस्ट २४ मा ६.० रेक्टर स्केलको भूकम्पपछि अक्टोबर २६ मा दुई वटा ठूला ५.४ र ५.९ म्याग्नीच्युडको पराकम्पन रेकर्ड गरिएको थियो ।

पछिल्लो पटक गत आइतबार उमरिया क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.५ म्याग्नीच्युडको भूकम्प गए पनि यसबाट खासै मानवीय क्षति भने नभएको जनाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित: १९ कार्तिक २०७३ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App