उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा

बिहिबार, ०२ साउन २०७६, १८ : २५ नागरिक

काठमाडाैं– न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ।

परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतमा सरुवा लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको परिषद्को बैठकले नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै सो न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको हो।

न्याय परिषद्को सिफारिशमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ। विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्य तोक्न परामर्श दिने न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित पाँच सदस्यहरु तोक्नका लागि परामर्श दिने निर्णय गरेको छ। विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई तोक्न परामर्श गर्ने निर्णय गरेको हो।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारी, सदस्यहरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती रहेका छन्। त्यसैगरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश डा रवि शर्मा अर्याललाई तोक्न परामर्श दिने निर्णय गरेको हो। विशेष अदालतमा अहिले अध्यक्ष र दुई सदस्य गरी तीन जना मात्र न्यायाधीश थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad