१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धान रोपाइँ ४० प्रतिशत मात्र

काठमाडौं– समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

गत वर्ष असार ३१ गनेसम्म ६३.८८ प्रतिशत रोपाइँ भएको थियो।उच्च पहडामा ५१.८१, मध्य पहाडमा ५३.९६ र तराईमा ३५.१२ प्रतिशत रोपाइँ भएको छ। धान रोपाइँ ढिला भएका कारण यो वर्ष उत्पादन घट्ने विज्ञले बताएका छन्। असारमा रोप्ने गरी उमारिएका धानका बेर्ना मसान्तसम्म पनि नरोपछि उत्पादकत्व घट्ने धानविज्ञ भोलामानसिंह बस्नेतले बताए। मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।

चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। धान लगाउने खेतमा सिँचाइको व्यवस्था नभएको र मौसमको भर पर्नुपर्दा थोरै रोपाइँ भएको हो।

पानी कम परिरहेको अवस्थामा यो साता अत्याधिक वर्षाद भएको कारण तराईमा डुबान भएको छ। यसले धान रोपाइँमा असर गरेको छ। रोपेको धान पनि डुबेको छ।

वर्षाका कारण प्रदेश १ मा कृषिमा साढे ८१ करोड रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ।  २५ लाख ८० हजार रुपैयाँका पशुचौपाय मरेका छन् भने ८१ करोड २८ लाख  ९२ हजार रुपैयाँको बालीनालीमा क्षती पुगेको छ। मकै, तरकारी,चैते धान, वर्षे धान र अलैंची गरी करिब ८१ करोड २८ लाख ९२ हजार र कुखुराका चल्ला, कुखुरा, गाई,बंगुर गरेर २५ लाख ८० हजार क्षति भएको भन्त्रालयले जनाएको छ। बाढीबाट २४ हजार ४६ घरधुरीका किसान प्रभावित भएका छन्। सरकारले धान उत्पादन बढाउने बताउँदै आए पनि यो वर्ष उत्पादन घट्ने देखिएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App