वडाध्यक्षको कुटाइबाट बालक घाइते

बिहिबार, ०२ साउन २०७६, १२ : ४८ नागरिक

दाङ- घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।

हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताए। कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन्। उनको बायाँ गालामा निलडामसमेत देखिएको छ। बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ।

बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए। बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उनको भनाइ छ।

रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताए। वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताए। तर बालकले फूल नै नटिपेको बताए। उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन्। उनले उपचारका लागि खर्च दिनेसमेत बताए। 







यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad