१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सञ्चारमन्त्री समक्ष फिल्मकर्मीको नौ बुँदे माग

काठमाडौं  – नेपाली फिल्म क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन वातावरणको सिर्जना गरिदिन माग राख्दै फिल्मकर्मीहरू सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्। नौ बुँदे माग राख्दै फिल्मकर्मीहरूले मंगलबार  सञ्चारमन्त्री बाँस्कोटालाई भेटेका थिए।

विशेषज्ञहरुको परामर्शमा राष्ट्रिय चलचित्र नीति परिमार्जन गरिनु पर्ने, नेपाली फिल्मको बजार विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने, हरेक वर्ष चलचित्र महोत्सव आयोजना गर्नुपर्ने, बक्स अफिस प्रणाली भरपर्दो र पारदर्शी हुनुपर्ने र नेपालमा विदेशी फिल्म खिच्नका लागि सहज वातावरण सिर्जना गरिदिनुपर्ने, सेन्सर बोर्ड फिल्म वर्गीकरण गर्नमा केन्द्रित गर्नुपर्ने र फिल्म प्रदर्शनमा रहेको सिन्डिकेटको अन्त्य हुनुपर्ने लगायत माग फिल्मकर्मीहरूले राखेका छन्।

‘नेपाली फिल्म क्षेत्रको विकासको लागि सञ्चारमन्त्रीलाई भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएका छौं। उनले नेपाली फिल्मको विकासमा साथ दिने प्रतिवद्धता जनाएका छन्,’ कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले भने। निर्माता रवीन्द्रसिंहसहित दीपकराज गिरी, प्रचण्डमान श्रेष्ठ, प्रदीप भट्टराई, हेमराज बिसी र सामिप्यराज तिमल्सिनाको टोलीले सञ्चारमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए।
 

प्रकाशित: २ श्रावण २०७६ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App