१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

साझा पार्टीको कूटनीतिक निर्देशका

काठमाडौं – साझा पार्टीले केन्द्रीय सदस्यका लागि १३ बुँदे कूटनीतिक निर्देशिका जारी गरेको छ। निर्देशिकामा पार्टीका केन्द्रीय सदस्यलाई विदेशी दूतावासमा गरिएका औपचारिक कार्यक्रम या पार्टीको विदेश विभागले अनुमति दिएको काममा बाहेक अन्य अवस्थामा जान नपाउने व्यवस्था गरिएको हो।

निर्देशिकामा भनिएको छ, ‘विदेशी दूतावासका सदस्य तथा विदेशीसँग हुने राजनीतिक प्रकृतिको भेटघाटका लागि विदेश विभागको स्वीकृति आवश्यक पर्नेछ। र, त्यस्ता भेटघाटमा विदेश विभागले तोकेको अर्को एकजना नेता पनि लिएर जानुपर्ने छ।’ पार्टीका केन्द्रीय सदस्यले दूतावासका राजदूतलगायतका विदेशी कर्मचारीलाई घरमा नबोलाउन निर्देशन गरेको छ।

त्यस्ता कर्मचारीलाई घरमा बोलाउनै परेको अवस्थामा पार्टीको विदेश विभागको स्वीकृति लिनुपर्ने अनिवार्य प्रावधान पार्टीले राखेको छ। विदेश विभागको स्वीकृति लिई विदेशीहरू गरिएका भेटघाटबारे पार्टीले परराष्ट्र मन्त्रालयको सम्बन्धित डेस्कलाई जानकारी दिनुपर्ने निर्देशिका व्यवस्था गरिएको छ। निर्देशिकामा भनिएको छ ,‘पार्टीका केन्द्रीय नेतालाई कुनै दूतावास या अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले राजनीतिक असर राख्ने कुनै कार्यक्रममा सोझै आमन्त्रण गरेमा, सम्बन्धित नेताले त्यस्तो आमन्त्रण पार्टी मुख्यालयमार्फत पठाउन आग्रह गर्नु पर्नेछ। पार्टीको विदेश विभागले उक्त कार्यक्रममा पार्टीबाट कसैलाई पठाउने या नपठाउने र पठाएमा कसलाई पठाउने भनेर निर्णय गर्नेछ।’

पार्टीले जारी गरेको कूटनीतिक निर्देशिका पूर्णरूपमा पालना गर्न पार्टीले आफ्ना केन्द्रीय सस्यहरूलाई निर्देशन गरेको छ। निर्देशिका उल्लंघन गरेमा स्पटष्टीकरण सोधी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App