१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कपिलवस्तुमा शारीरिक सुगठन

काठमाडौं– कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

मंगलबार कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघले पत्रकार सम्मेलन गरेर ६ तौलसमूहमा प्रतिस्पर्धा गराउने जनाएको हो। कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए। प्रतियोगितामा कम्तीमा पनि सय जनाले प्रतिस्पर्धा गर्नेछन्। ६ तौलसमूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराइने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।

प्रतियोगितामा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले आफ्नो संघबाट २५ जनाको सहभागिता रहने जानकारी दिए।

 

प्रकाशित: १ श्रावण २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App