१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

राैतहट - अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ९बादल०, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली अनुगमनमा आएका हुन्।

बाढीले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न  मन्त्री र सांसदहरुको टोलीले मधेशका बाढी प्रभावित क्षेत्रमा आएका हुन्। त्यस्तै टोलीमा टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत सहभागी छन्।

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानको कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले दिएको तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ। अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

प्रकाशित: १ श्रावण २०७६ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App