१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘बालबालिकाको खानामा चिनीको मात्रा धेरै’

कोपेनहेगेन – बालबालिकाका लागि व्यावसायिक रूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्याधिक पाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ। संगठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरुले जनाएका छन्।

डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ।

उनीहरूका अनुसार संगठनले अस्ट्रिया, बुल्गेरिया, इजरायल र हंगेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो। ‘परीक्षण गरिएका मध्ये आधाभन्दा बढीमा ३० प्रतिशतभन्दा बढी क्यालोरी रहेको पाइएको छ,’ डब्लुएचओको युरोपेली शाखाले उल्लेख गरेको छ।

फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ। ‘तर अति धेरै गुलियो पदार्थ व्यावसायिक खाद्य पदार्थहरुमा पाइएकाले त्यसप्रति चासो बढेको हो,’ एक अधिकारीले भने। अत्याधिक गुलियो पदार्थको सेवनले बालबालिकाको तौल र दाँतसम्बन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। ‘राम्रो पौष्टिक तत्वका लागि जोड गर्नु पर्छ, बालबालिकाको वृद्धि र विकासका लागि यो अत्यावश्यक पनि छ, यसलाई स्वास्थ्यको दृष्टिबाट ख्याल गर्नुपर्छ,’ डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना याकवले वक्तव्यमा जनाइएको छ।

डब्लुएचओले आमाको दूधको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि देखेको छ। छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन पनि डब्लुएचओले सुझाव दिएको छ। डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ।

प्रकाशित: १ श्रावण २०७६ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App