१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाललगायतका दक्षिय एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा हालै आएको बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

महासचिव गुटेरसका सहायक प्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै महासचिवले भारी मौसमी वर्षाका कारण नेपाल, भारत, बंगलादेश, म्यानमारलगायतका मुलुकमा आएको बाढीबाट पुगेको मानवीय क्षति, बेपत्ता र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको जनाएका छन्।

उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित मुलुक र जनताको दुःखमा साथ रहेको बताएका छन्। साथै उनले घाइतेको सीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्। उनले संयुक्त राष्ट्रसंघ विपद्बाट प्रभावित मुलुकलाई आवश्यक परे मानवीय सहयोग गर्न तयारी अवस्थामा रहेको उनको भनाइ छ।

प्रकाशित: १ श्रावण २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App