१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

काठमाडाैं- कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए।

करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने विजेतालाई रु दुई लाख पुरस्कार प्रदान गरिने उनले बताए।

प्रतियोगितामा आफ्नो वजन समूहका अन्य विजेतालाई क्रमशः रु १५ हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने छ। काठमाडौँ बडीबिल्डिङ सङ्घबाट उक्त प्रतियोगिताका लागि २५ जना सहभागी हुने जनाइएको छ। रासस

प्रकाशित: ३१ असार २०७६ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App