१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एकको मृत्यु

चितवन– पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई हात्तीले आक्रमण गरेको हो ।

उनलाई बिहान करिब साढे ६ बजेतिर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघमारा चौर नजिकै हात्तीले आक्रमण गरेर दराईलाई करिब ४० मिटर परसम्म घिसारेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । बद्रहनी चितवन राष्ट्रिय निकुञ्जको वन  क्षेत्र, राप्ती नदी र मध्यवर्ती वनले घेरिएको छ । दराई सौराहामा मजदुरी गर्थे । बिहान काममा हिँडेका बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित: ३१ असार २०७६ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App