१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाढी पहिरोको समय यसरी अपनाउनुस् स्वास्थ्य सजगता

काठमाडौं- नेपाल बाढी, पहिरो, महामारी, मौसमको अनुकुलता तथा भूकम्प जस्ता प्रकृतिक प्रकोपको उच्च जोखिममा रहेको देश हो। भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ। भर्खरै आएको बाढी पहिरोले पनि ठूलो क्षतीसँगै धेरै मासिहरुको ज्यान समेत लिएको छ। अत्यधिक मात्रामा धनजन क्षती गर्ने यी प्राकृतिक प्रकोपले मानिसको स्वास्थ्यमा समेत प्रभाव पार्ने गर्छ।प्राकृतिक प्रकोपसँगै आउन सक्ने महामारीले अर्को खतरा पैदा गर्छ।

लगातारको भारी वर्षा र पहिरोले मानिसलाई आवतजावतमा पनि असर गर्छ। यस्ता प्राकृतिक प्रकोप जाँदा महामारी फैलने जोखिम पनि उत्तिकै हुन्छ। भुस्खलन भई फोहोर मैलाहरु पानीमा बगेर मानवको स्वास्थ्यसम्म पुग्ने र विभिन्न संक्रमित रोगहरु लाग्ने गर्छ। वीर अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा.शुधांसु केसी भन्छन्र्, 'बाढी पहिरो आएको बेला धारा तथा कलको पानी सफा हुदैन्, यदी त्यसमा दिसा तथा ढल मिसिएको छ भने धेरै रोगहरु लाग्न सक्ने सम्भावना हुन्छ। जुन मानिसको शरिरमा सजिलै संक्रमण भई महामारीको रुप लिन्छ र रोग फैलदै कलेजोलाई नोक्सान गर्छ।’

विगतमा पनि बाढी प्रभावित क्षेत्रमा झाडापखालाजस्ता ब्याक्टेरियल संक्रमण फैलिने गरेको थियो। करिब ४ वर्षअघि बाँके, बर्दिया र सुर्खेतमा बाढी पीडितमा झाडापखालाको समस्या देखापरेको थियो। एक दशकअघि बाँकेमा बाढीपछि पीडितहरूमा फैलिएको औलोको प्रकोपले केहीको मृत्यु समेत भएको थियो। विश्व स्वास्थ्य संगठनद्वारा गरिएको एक अध्ययनले बाढीको प्रकोप पछि पानी र खाना मार्फत सर्ने संक्रामक रोगहरूको उच्च जोखिम हुने औंल्याएको छ। यस्तो समयमा पिउने पानीको स्रोतलाई बाढी र डुबानले दूषित बनाएका स्थानहरूमा शुद्ध पानी र पौष्टिक खानाको अभाव खड्किने गर्छ। बाढी र डुबानबाट बढी मात्रामा तराई क्षेत्र प्रभावित बन्ने गरेको र यसैपनि यो क्षेत्र महामारीका हिसाबले बढी संवेदनशील भएकाले प्रकोप लगत्तै संक्रमण फैलिन सक्ने जोखिम बढी छ।

प्राकृतिक प्रकोपले निम्त्याउने रोग धेरै हुन्छन्। तर विशेष गरी वान्ता र झाडाले उग्र रुप लिएको देखिन्छ। चिकित्सक केसीका अनुसार झाडापखाला तथा वान्ताका कारण डिहाइड्रेशन हुन्छ र पानीको मात्रा अझै बढाउनु पर्छ। तर यस समयमा स्वच्छ र सफा पानी नपाउँदा संक्रमण झनै बल्झीने र अरु रोगहरु पनि लाग्ने गर्छ। यस्तै, संक्रमण बल्झेसँगै हेपाटाइटिस ए र हेपाटाइटिस ई रोग लाग्ने प्रवल सम्भावना हुन्छ। दिसाबाट लाग्ने भएकाले यी रोगहरु बाढीपहिरोमा अत्यधिक सर्ने उनको भनाई छ। हेपाटाइटिस ए र ई रोग सर्दा मानिसलाई जन्डीस देखिने, वाकवाकी हुने, खान मन नलाग्ने, पेट दुख्ने जस्ता लक्षणहरु देखा पर्छन्। जन्डिस देखिएका बेला खाना वार्ने चलन छ। उस्तै त वाढीपहिरोका समयमा खाना प्रयाप्त मात्रामा नपाइने भएकाले खाना वार्दा झनै रोगले च्याप्ने गर्छ। त्यस्तै गर्भवती महिलालाई यी दुई रोग लागेको छ भने त्यो जोखिमपूर्ण हुने उनको भनाई छ। त्यसैले यो वाढी पहिरोको बेलामा एकदमै ध्यान दिनु पर्ने कुरा भनेको सफा स्वच्छ पिउने पानी र खाने कुरा हो। यदि पानी उमाल्न नसकेको खण्डमा क्लोरीन राख्ने सुझाव दिन्छन् डा. केसी। यति पनि गर्न सकिएन भने पानीलाई ५,६ घन्टा घाममा राख्ने जस्ले गर्दा पानीमा उत्पन्न भएका सोडिस तथा किटाणुहरु नास हुने उनले बताए। अरु सम्भवन नभए पानीलाई सफा कपडामा राखेर छान्ने, यसो गर्दा पनि धेरै संक्रमीत रोगहरुबाट बच्न सक्ने डा. केसीको भनाई छ। 

शरिरमा हेपाटाइटिस ए र ई लागेको थाहा पाउन कम्तिमा पनि २ देखि ३ हप्तासम्म कुर्नु पर्ने हुन्छ। यस्ता महामारी फैलाउन सकने रोगहरु छिट्टै नदेखिनाले विपद्का बेला स्वास्थयमा अझ बढि चनाखो हुन र सावधानी अपनाउनु पर्नेमा जोड दिन्छन्, डा. केसी।

 

 

प्रकाशित: ३१ असार २०७६ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App