विद्यालय दिउँसो चलाउन अटेर

मङ्गलबार, ३१ असार २०७६, ११ : ४३ नागरिक

बागलुङ– बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ। शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ।

यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिइए पनि केही विद्यालयले अटेर गरेपछि सोमबार पुनः परिपत्र गरिएको शिक्षा शाखाका उपसचिव डण्डपाणी शर्माले बताए। 'केही विद्यालयले कक्षा ११ मा बिहानी सत्रका लागि भर्ना लिएको पाइएको छ,' उनले भने, 'अब पनि अटेर गरेर बिहानै कक्षा चलाए कानुनी कारबाही हुन्छ।' परिपत्रमा बिहानी सत्रका लागि भर्ना नलिन र अनिवार्य रूपमा बिहान १० बजेबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ।

नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुसी बिहानी कक्षा सञ्चालन गरिरहेका छन्। उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन्। संस्थागततर्फ १० बढी विद्यालयले बिहानी कक्षा चलाइरहेका छन्। शिक्षा विभागले पनि तीन वर्षअघि नै विद्यालय तहका सबै कक्षा दिउँसो चलाउन निर्देशन दिएको थियो। विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो।

तीन वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन्। बागलुङ नगरसभाले पनि विद्यालय शिक्षाका सबै कक्षा दिउँसो सञ्चालन गर्ने गरी नीति पारित गरेको छ। दिउँसोको कक्षाले शिक्षण सिकाइमा सुधार आउने उपसचिव शर्माको भनाइ छ।

बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालय र क्याम्पसमा अध्यापन गर्छन्। बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन्। केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका छैनन्। कक्षा ११ दिउँसो सञ्चालन गर्ने तयारी भइरहेको विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले बताए। उनले संस्थागत विद्यालयलाई पनि दिउँसो कक्षा सञ्चालनका लागि कडाइ गर्नुपर्ने बताए। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad