१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

निर्धारित मितिमै साग हुन्छः मन्त्री विश्वकर्मा

काठमाडौं– आवश्यक संरचना पूर्ण रूपमा तयार भइनसकेको अवस्थाका बावजुद युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने दाबी गरेका छन्।

आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने भनिएको सागका आयोजना गर्नका लागि मुख्य आधार संरचनासमेत पूर्ण रूपमा तयार नभए पनि मन्त्री विश्वकर्माले १३औं साग समयमै हुने बताएका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित १३औं साग सचिवालयले सोमबार सातदाबोटोमा आयोजना गरेको १३औं सागमा सहभागी हुने खेल संघहरूसँग तयारी सम्बन्धी अन्तरक्रियाका क्रममा मन्त्री विश्वकर्मा सो धारणा राखेका हुन्।

सागकै तयारीका लागि केही खेलका खेलाडीलाई प्रशिक्षणमा राखे पनि प्रभावकारी बन्न सकिरहेको छैन। १३औं सागको आयोजनाका लागि विभिन्न उपसमिति निर्माणका साथै घरेलु मैदानमा साग बजेट निर्माण कार्यदलले पाँच अर्ब बढीको महŒवाकांक्षी बजेट माग गरिसकेको थियो। बजेट निर्माण कार्यदलले विभिन्न १६ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँबराबरको बजेट माग गरेको थियो।

तर, सागको कार्यविधि समयमा नआएकाले यी सबै प्रक्रियाहरूले पूर्णता पाउन सकिरहेको छैन। सागका लागि कार्यविधि र मस्यौदा मन्त्रिपरिषद्मा खेलकुद मन्त्रालयमार्पmत पठाइसकेको छ। यद्यपि, त्यहाँबाट समयमै निर्णय नहुँदा सागको तयारीले पूर्णता पाउन सकिरहेको छैन। तर, सोमबार मन्त्री विश्वकर्माले ५÷७ दिनमा सागको कार्यविधि आउने बताउँदै आवश्यकताअनुसारको उपसमिति पनि गठन गरिने बताए।

साग नेपालबाटै सुरु भएको गर्विलो इतिहास रहेको बताउँदै मन्त्री विश्वकर्माले भने, ‘त्यसैले यसलाई सफल बनाउन सबै प्रयासरत हुनुपर्छ।’ मन्त्री विश्वकर्माले सागका लागि मुख्य चुनौती हिटिङ पौडी पोखरी भएको बताउँदै पूरै सामथ्र्य प्रयोग गरेर काम सम्पन्न गर्ने बताए। सागमा समावेश विभिन्न २७ खेल संघका अध्यक्ष, महासचिव र प्रमुख प्रशिक्षकहरूको सहभागिता थियो।

त्यस अवसरमा सहभागीहरूले खेल स्थल, प्रशिक्षण स्थल, खेल सामग्री, वैदेशिक प्रशिक्षण, स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर खेलाडीलाई प्रशिक्षण गराउनुपर्नेलगायतका विषयमा सुझावसहितको आआफ्नो धारणा राखेका थिए।  संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागलाई भव्यताका साथ सम्पन्न गर्नु सबै नेपालीको दायित्व र जिम्मेवारी भएको बताए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालकै कारण साग नरोकिने बताउँदै वर्तमान सदस्य–सचिवको कार्यशैली प्रशंसनीय रहेको बताए। राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले देशको प्रतिष्ठासँग जोडिएको सागलाई सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताए।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले प्राप्त सुझावलाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुने बताउँदै सागलाई परिणामुखी बनाउन प्रयासरत रहने बताए। उनले प्रत्येक खेलको निरीक्षण गर्ने बताए। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो विभागमातहत रहेका खेल पूर्वाधार आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउँदै सागमा सहभागी हुने टोलीको सुरक्षाका विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

सागकै तयारीका लागि केही खेलका खेलाडीलाई प्रशिक्षणमा राखे पनि प्रभावकारी बन्न सकिरहेको छैन।

प्रकाशित: ३१ असार २०७६ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App