१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुरुषसँग होटलमा बसेकी महिलाको हत्या

रेखा भुसाल

भैरहवा— भैरहवाको बसपार्क स्थित एक होटलमा भारतीय मुलकी एक महिलाको टाउकोमा धारीलो हतीयार प्रहार गरी हत्या भएको छ। भैहरवा बसपार्कस्थित गोर्खा प्रिन्स होटलको १११ नम्बर कोठामा अन्दाजी ३०–३५ वर्षकी एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

बुधबार साँझ ती महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए। मृतक महिला भारतीय मुलको हुन सक्ने प्रहरीले शंका गरेको छ। कोठा बुक गरी अर्का एक व्यक्तिसँग होटलमा बसेकी ती महिलाको टाउकोमा धारीलो हतियारले प्रहार गरेका पाँच वटा गहिरो चोट छन्।

बुधकार बिहान करिब ११ बजेतिर होटलको कोठा बुक गरी भित्र पसेकी उनीहरु साँझसम्म पनि बाहिर ननिस्केपछि हेर्न जाँदा रगताम्मे अवस्थामा महिला ढलेको होटल कर्मचारीले देखेका थिए। त्यसपछि होटल सञ्चालकले प्रहरीलाइ खबर गरेका थिए।

बुधकार बिहान करिब ११ बजेतिर होटलको कोठा बुक गरी भित्र पसेकी उनीहरु साँझसम्म पनि बाहिर ननिस्केपछि हेर्न जाँदा रगताम्मे अवस्थामा महिला ढलेको होटल कर्मचारीले देखेका थिए। त्यसपछि होटल सञ्चालकले प्रहरीलाइ खबर गरेका थिए।

महिलासँगै आएका व्यक्ति फरार रहेको र खोजी जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए। उनीहरु भारतीय नम्बर प्लेटको स्कुटर चढेर आएको बताइएको छ। होटलको इन्ट्रिबुकमा मृतक महिलाको नाम रेखा सिन्हा, अर्को व्यक्तिको नाम राजेश सिन्हा लेखिएको छ। ठेगाना भारतको सिवन बिहार रामपुर उल्लेख गरीए पनि नाम र ठेगाना सही हो वा होइन भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

महिलाले लगाएका लुगा बाहेक झोला मोवाइल जस्ता कुनै पनि सामान कोठामा नभेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भण्डारीले बताए। होटलमा पूरा परिचय नखुलाइ कोठा बुक गरेकाले मृत्तकको असली नाम ठेगाना पत्ता लाग्न नसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले बताए।

बुधबार राती नै रुद्रपुरमा अर्की एक महिलाको टाउकोमा धारीलो हतियार प्रहार गरी हत्या प्रयास भएको छ। रुद्रपुर ९ हनुमाननगर बस्ने पुष्पा ढकालको आफ्नै घरमा सुतिरहेका बेला लुटेराको आक्रमणमा गम्भीर घाइते भएकी हुन्। उनको टाउकोमा धारिलो हतियारले प्रहार गरेको गहिरो चोट छ। भैरहवास्थित मेडिकल कलेजमा उपचार हुन नसकेपछि उनलाइ काठमाडौं लगिएको छ।
 

प्रकाशित: १८ कार्तिक २०७३ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App