१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूजा गर्दागर्दै मुखर्जीले सोधे : भूकम्पले पशुपतिनाथलाई केही भएन?

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिनाथमा। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— राजकीय भ्रमणको सिलसिलामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगे। संस्कृतिमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनबहादुर शाहीको टोलीले सबै तयारी पूरा भइसकेको सूचना पाइसकेका थिए।

विशिष्टि अतिथि मुखर्जी सोझै पश्चिम मूलद्वारबाट प्रवेश गरे। उनले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरे।

पूजा गर्न थचक्क बस्नुपर्ने थियो। ८० वर्षे मुखर्जीलाई स्वास्थ्यका कारण भुइँमा बस्न समस्या भयो। पूजाका लागि थचक्क बसेर करिब एक घन्टा बिताउनुपर्ने थियो। उनलाई गाह्रो हुने भएसपछि हतारहतारमा डेड फिटको एउटा विशेष आसन ल्याइयो। उनी त्यही आसनमा बसेर श्रद्धापूर्वक पूजामा सहभागी भए।

राष्ट्रपति मुखर्जीले पशुपतिनाथ क्षेत्रको गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको समेत पूजाअर्चना गरेका थिए। शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेपछि सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गर्न गए।

पूजा गर्न थचक्क बस्नुपर्ने थियो। ८० वर्षे मुखर्जीलाई स्वास्थ्यका कारण भुइँमा बस्न समस्या भयो। पूजाका लागि थचक्क बसेर करिब एक घन्टा बिताउनुपर्ने थियो। उनलाई गाह्रो हुने भएसपछि हतारहतारमा डेड फिटको एउटा विशेष आसन ल्याइयो। उनी त्यही आसनमा बसेर श्रद्धापूर्वक पूजामा सहभागी भए। 'महामहिम भारतीय राष्ट्रपति निकै तनमयका साथ पूजामा सहभागी हुनुभयोु, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनले नागरिकन्युजसँग भने, 'उहाँ बडो श्रद्धा भक्तिपूर्वक पूजामा सहभागी हुनुभयो।'

पूजा गर्ने क्रममा भारतीय राष्ट्रपतिले भूकम्पले पशुपतिनाथलाई क्षति पुगे नपुगेको सोधीखोजी गरेका थिए। 'भूकम्पले पशुपतिनाथमा क्षति पुर्‍याएन?', उनको जिज्ञासा उदृत गर्दै डा.टण्डनले सुनाए, 'खासै क्षति नपुर्‍याएको हामीले बतायौं।'

राष्ट्रपति मुखर्जीले आफू यसअघि पशुपतिनाथ आउँदाभन्दा अहिले बागमती नदी सफा भएको बताएका थिए। 'म पहिला आउँदाभन्दा अहिले बागमती सफा भएको रहेछु, मुखर्जी भनाइ उदृत गर्दै डा.टण्डनले भने। उनले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरेका थिए।

राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति बाचन गरेका थिए। हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए। साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए।

राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गरे भने कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गरे। पूजा सकेर फर्किने बेलामा उनले आगन्तुक पुस्तिकामा सन्देश लेखे। उनले हरियो रंगको मसी भएको कलमले माथि उल्लिखित सन्देश लेखेका थिए।

प्रकाशित: १८ कार्तिक २०७३ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App