मनसुन अझै सक्रिय: भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

सोमबार, ३० असार २०७६, १४ : १४ नागरिक

काठमाडाैं- मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले बताए। “आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ”, मौसमविद् नगरकोटीले भने। आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत आग्रह गरिएको हो। यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको मौसम पूर्वानुमान महमशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने जनाएको छ। त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ।

त्यस्तै वर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेकाले बाँध खोलेर नियन्त्रित निकास गुर्नपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरलाई लक्ष्य गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

एप्पलको नयाँ म्याकबुक

एप्पलको नयाँ म्याकबुक

एप्पलले हिजो कुनै हो-हल्ला बिना नै आफ्नो नयाँ म्याकबुकलाई सार्वजनिक गरेको छ ...

विन्डोज १० को नयाँ अपडेट  - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० को नयाँ अपडेट - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० नोभेम्बर अपडेट आजको मितिबाट सबै विन्डोज १० प्रयोगकर्तालाई डाउनलोडका लागि उपलब्ध हुनेछ ...

Ncell Footer Ad