१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बोल्यो कि पोल्यो

धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि काठमाडौँका आधा जनसंख्याले मास्क लाउँथे, अहिले कसैले लाउँदैनन्’ भन्दिए केही दिनअघिको एउटा कार्यक्रममा। त्यसबाट उत्पन्न विवाद सेलाउन नपाउँदै गत हप्ता उनले फेरि ‘(मास्क त लाएका हुन् तर प्रदूषण भएकोले होइन) मेरो रीस वा विरोध गर्न लाएका हुन्’ भने।

वास्तवमा प्रधानमन्त्रीका आलोच्य पक्ष अरु पनि छन् जसरी कि राम्रा पक्ष पनि छन्। कल्पनाशील नेता हुन, केही गरौँ भन्ने भावना छ, व्यक्तिगतरूपमा आफैँ भ्रष्टाचारमा मुछिएका देखिँदैनन्, परिणाम अब्बल नहोला तर खट्छन्, आप्mनो व्यक्तिगत, पारिवारिक स्वार्थ खासै छैन, औपचारिक शिक्षा धेरै नहुँदा पनि सुसूचित छन्, स्वाध्यायी छन्, कुशाग्र छन् भन्नेहरू अझै छन् उनको पार्टी र गुटभित्र मात्र होइन, बाहिर पनि। (बेलाबखतका ‘लम्पसारवाद’ का बाबजुद) ‘राष्ट्रवादी’ नेता हुन् भन्ने उनीहरूको मूल्यांकन छ। अर्कोतिर अरुका कुरा सुन्दैनन्, जिद्दी र स्वेच्छाचारी छन्, प्रायः सब कुरामा दलीय÷गुटगत स्वार्थ हेर्छन्, स्वार्थ मिले गलत प्रवृत्ति र पात्रलाई पनि प्रोत्साहित÷पुरस्कृत गर्छन् भन्ने पनि छन्।

वास्तवमा सबैको सहयोग लिन चाहिने राजनीतिक सुझबुझ र बोली व्यवहार ओलीमा अभाव देखिन्छ। जसले गर्दा उनी एक्लिँदै गएका छन्। समस्या यो हो।

शासकीय कुशलता र भ्रष्टाचार नियन्त्रणका दृष्टिले सरकार फितलो देखिएकामा पनि उनी आलोचित छन्।तर राम्रा÷नराम्रा ती दुवै पक्षका चर्चाभन्दा धेरै गुणा बढी आलोचना उनले मास्क प्रकरणमा दिएका जस्ता अभिव्यक्तिहरूमा हुने गरेका छन्। विवादास्पद र हाँस्यास्पद अभिव्यक्तिहरू, तथ्यविपरितका र दम्भ झल्कनेअभिव्यक्तिहरू, उनको परिचय नै बनिसकेको उखानटुक्का र कटाक्षले तिखारिएका अभिव्यक्तिहरू (खासगरी विपक्षी तथा आलोचकहरूप्रति), अनि पानीजहाज र रेल अहिल्यै ल्याइहाल्ने जस्ता हावादारी अभिव्यक्तिहरूकै कारण प्रधानमन्त्रीको लोकप्रियता ह्वात्तै घटेको छ डेढ वर्षअगाडिको तुलनामा। लाग्छ, ती अभिव्यक्तिले आफूलाई क्षति पु¥याएको उनी पत्तै पाउँदैनन्। पत्तो पाए पनि चेत्दैनन्। र, चेते पनि बढी बोल्ने आप्mनो ‘नानीदेखिको बानी’ छाड्न सक्दैनन्। यस्तोमा उनलाई सही सल्लाह दिनुपर्ने काम उनका विश्वासपात्र सल्लाहकारहरूको हो। तर उनीहरू स्वार्थवश, अज्ञानतावश या उनको कोपको भयवश अप्रिय सल्लाह त दिँदैनन् नै, उल्टो चाकरी बजाउनका लागि गलत प्रशंसा गर्छन् जसबाट प्रधानमन्त्री यस्तो बोल्न झनै सुरिन्छन् भन्ने चर्चा छ। सत्य के हो उनीहरू नै जानून् !

ओली विरोधका अन्तर्य
नेकपाको ‘उदार कम्युनिस्ट’ घटक एमालेभित्रकै पनि ओली उदार नेता हुन्, त्यही भएर सबैखालका शुद्धतावादी कम्युनिस्ट र उग्र वामपन्थीका कोणबाट उनीमाथि तीखो आक्रमण भइरहन्छ। पहिचान पक्षधरहरू, खासगरी पहिचान राजनीतिका अभियन्ताहरू त उनलाई देखिसहँदैनन्। उनीहरू ओलीलाई पहिचान र संघीयता विरोधी भन्छन्। पूर्वएमालेकै उनका प्रतिस्पर्धी नेतागण पनि उनी सफल र लोकप्रिय होउन् भन्ने चाहँदैनन्, दलीय अनुशासनका कारण बाहिर खुलेरै उनको विरोध नगरे पनि। यसरी अरु कुनै पनि समकालीन ‘कम्युनिस्ट’ नेताले भन्दा बढी शत्रु कमाएका ओली र उनका समर्थकहरू अचेल आएर आप्mना विरुद्ध घेराबन्दी भएको ठान्न, भन्न थालेका छन्। तर उनीहरूको त्यो ठम्याइ मनको बाघमात्र हो, नाच्न नजान्ने आँगन टेढो भनेजस्तै हो। लोकतन्त्रमा कामले नै हो जनताको मन र मत जित्ने, काम राम्रो गर्नु त पर्छ नै, सबैलाई समेट्नु पनि पर्छ। दुइटामा एउटा पनि नगरेपछि त विरोध हुन्छ हुन्छ।

विवादास्पद र हाँस्यास्पद अभिव्यक्तिहरू, तथ्यविपरितका र दम्भ झल्कने अभिव्यक्तिहरू, उनको परिचय नै बनिसकेको उखानतुक्का र कटाक्षले तिखारिएका अभिव्यक्तिहरू (खासगरी विपक्षी तथा आलोचकहरूप्रति), अनि पानीजहाज र रेल अहिल्यै ल्याइहाल्ने जस्ता हावादारी अभिव्यक्तिहरूकै कारण प्रधानमन्त्रीको लोकप्रियता ह्वात्तै घटेको छ।

वास्तवमा, अर्का अध्यक्ष प्रचण्डलगायतका आप्mनै पार्टीका सबै प्रतिस्पर्धी नेतागण÷घटक÷गुट, कांग्रेसलगायतका सबै प्रतिपक्षी, राजावादी, भूराजनीतिकलगायतका सबै अन्तर्राष्ट्रिय शक्ति र पहिचानवादीदेखि उग्र वामपन्थीसम्मका सबै विपरितहरू एक भएर उनीविरुद्ध षडयन्त्र वा घेराबन्दी गर्नु न सम्भव हुन्छ न आवश्यक। संसद्मा रहेका सबै विपक्षी एक भए पनि उनलाई सत्ताच्युत गर्न सक्ने संसदीय बहुमत उनीहरूको पुग्दैन, आप्mनै पार्टी फुटेमाबाहेक। अब आप्mनो पार्टीलाई एक ढिक्का राख्न नसक्नु त उनकै कमजोरी होला। हो, उनको पार्टीका विभिन्न नेतागण÷गुटले उनलाई सहयोग गरिरहेका छैनन् तर उनले पनि त उनीहरूको सहयोग प्राप्त हुने किसिमले दोहोरो (रेसिप्रोकल) व्यवहार गरेका देखिँदैनन्। वास्तवमा सबैको सहयोग लिन चाहिने राजनीतिक सुझबुझ र बोली व्यवहारको ओलीमा अभाव देखिन्छ। जसले गर्दा उनी एक्लिँदै गएका छन्। समस्याचाहिँ यो हो। दुईतिहाइ बहुमत छँदैछ, म आफूले चाहेजस्तो गरी चलाउँछु भन्ने मनोविज्ञान पनि झल्कन्छ। त्यो पनि गलत हो।

प्रचण्डको ‘अनिवार्य व्यवस्थापन’
पार्टीमा अर्का अध्यक्ष पनि छन् प्रचण्ड। अध्यक्ष भए पनि व्यवहारमा आप्mनो भूमिका ओलीको बराबर नभएकैमा रुष्ट उनी प्रधानमन्त्री पदका तीव्र आकांक्षी पनि हुन्। ओली र उनी पालैपालो प्रधानमन्त्री हुने सहमति भएको कुरा बारम्बार सार्वजनिक गरेर उनी कुर्सी छाड्न ओलीलाई सम्झाइरहन्छन्। तर जुन कुरा गर्न ओली मन्जुर छैनन्। जबकि महत्वाकांक्षी प्रचण्ड प्रधानमन्त्री नपाए पार्टी एकता र सरकारको स्थायित्व नै संकटमा पार्न सक्ने हैसियत र सम्भावना भएका नेता हुन्। अब, कि त त्यस्तो सहमति गर्नै हुन्नथ्यो, गरेपछि पालना गर्नुपर्छ। चुनाव जित्नलाई पार्टी एकता र पार्टी एकता गर्नलाई पो सहमति चाहिएको त, चुनावै जितिसकेपछि त खोला त¥यो, लौरो बिस्र्यो गर्नेे हो भन्ने हो भने त त्यसले दुर्घटना निम्त्याउन सक्छ।

अहिलेलाई पार्टीमा एकल अध्यक्षसरह काम गर्न दिने र आगामी महाधिवेशनमा ओलीले आफूलाई अध्यक्षमा समर्थन गर्ने सर्तमा प्रचण्ड ओलीलाई पूरै अवधि प्रधानमन्त्री मान्न तयार छन् भन्ने कुरा पनि आइरहेका छन्। यस्ता विभिन्न विकल्पबीच पार्टीभित्रै सहमतिको, मिलनको विन्दु खोज्नुपर्छ। त्यसो गर्न छाडेर प्रचण्डले कहिले प्रतिपक्षी कांग्रेसका नेता शेरबहादुर देउवासँग दुई घन्टा भेटेको भन्दै त कहिले वर्तमान सरकारविरुद्ध षडयन्त्र गर्न ‘छौँडा छाडेको’ भन्दै आप्mना निकटका मानिसलाई हल्ला गर्न लगाएर समस्या समाधान हुँदैन।

यो सत्य हो कि पार्टी एकताका क्रममा देखापरेका ढिलाइ, अवरोध, चुनौती र जटिलताका लागि ओलीमात्र दोषी छैनन्। यी प्रतिकूलताहरू अवश्यम्भावी थिए, छन्। तैपनि प्रधानमन्त्री र अध्यक्षका नाताले अरुभन्दा उदार सोच र बृहत्तर दायराको टिम बनाएर सबैलाई साथ लिँदै सबैलाई जिम्मेवारीका साथ परिचालन गर्नु ओलीको कर्तव्य थियो। तर पार्टीभित्र उनी अध्यक्ष कम र गुटका नेताका रूपमा बढी काम गर्छन्, विधिभन्दा आप्mना अनुकूलताका आधारमा काम गर्छन् भन्ने आरोप व्यापक छ। त्यस्तै मन्त्रिमण्डलतर्फ पनि कामको मूल्यांकनका आधारमा होइन कि आप्mना अति विश्वासपात्रलाई मात्र उन्नी च्याप्छन् भन्ने गुनासो छ।

सरकार : कार्यशैली र प्राथमिकताका त्रुटि
एक त सरकारको काम त्यसै पनि औसतमात्र छ, उम्दा छैन, काम गराइको शैली पनि स्वेच्छाचारी र मुठभेड निम्त्याउनेखालको छ। सरोकारवाला र प्रभावित समूहसँग पूर्वपरामर्श नगरी उनीहरूलाई भिडन्तमा उत्रने बाटो खोल्दै पहिले विधेयकहरू ल्याउने र पछि व्यापक विरोध भएपछि फिर्ता लिने कुरा दोहोरिने गरेका छन्। यसो हुँदा कतिपय गर्नैपर्ने सुधारहरू पनि हुन सकिरहेका छैनन्। कतिपय सुधार सरकारका प्राथमिकतामा परेकै छैन, जस्तो कि यातायातका सिन्डिकेटको खारेजी। आज पनि उपभोक्तामारा, ज्यानमारा यातायात सिन्डिकेटहरू यथार्थमा यथावतै छन्। तिनलाई खारेज गरेको सरकारी दाबी कागतमा सीमित छ। सिन्डिकेटसँग मिलेमतो गरेका कारणले नभई आँट नभएका कारणले मात्र सिन्डिकेट हटाउन नसकिएको हो भने पनि बस साहू र ड्राइबर÷कन्डक्टरका सिन्डिकेटसँगै डराउने यो कस्तो दुईतिहाइको बहुमतको सरकार हो ? भर्खरैमात्र, सीमा नाकाहरूबाट पैठारी हुने तरकारीमा रहेको विषादि जाँच गर्न खोज्दा भारतीय दूताबासले लेखेको पत्रबारे आफूले तलबाट जानकारी नै नपाएको हुँदा पहिले झुटो बोलेछु भन्दै प्रधानमन्त्रीले जनतासँग माफी मागे। सिन्डिकेट र विषादी प्रकरण दुई उदाहरणमात्र हुन् सुशासन र सरकार सञ्चालनको स्तरका।

वास्तवमा यो ‘दुईतिहाइको मजबुत’ सरकार आएदेखि देशमा भ्रष्टाचार घटेको छ न सेवा प्रवाह सुध्रेको। आफ्नो काम लिएर सरकारी कार्यालय धाइरहेका सर्वसाधारण जसलाई सोधे पनि उसले यही कुरा भन्नेछ। मन्त्रीमध्ये थोरैमात्र राम्रा छन्। अरु कि त औसत छन् कि अक्षम। आफ्ना नजिकका, आफ्ना गुटका परे औसत र अक्षमै भए पनि प्रधानमन्त्री हटाउन चाहँदैनन्। अरुको गुटकालाई पार्टीभित्रका उनीहरूका शक्तिशाली संरक्षकले हटाउन दिँदैनन्। ‘प्रधानमन्त्रीय पद्धति’ का शक्तिशाली प्रधानमन्त्रीको भित्री वास्तविकता यस्तो छ। अनि कहाँबाट सरकारले राम्रो काम गर्छ ? तीव्र आर्थिक विकास गरी समृद्धि ल्याउने नारामा चुनाव जितेर आएको सरकार ‘राष्ट्रिय गौरवका विकास आयोजना’ सबका सब ढिला वा अलपत्र हँुंदा र लागत निरन्तर बढ्दै जाँदा पनि लाचार छ, केही गर्न सक्दैन। उदाहरण मेलम्ची आयोजनालाई हेरे हुन्छ। र, यस्ता कुरामा भन्दा एकपछि अर्को विवादास्पद काम गर्ने, राज्यदेखि समाजसम्मका हरक्षेत्र, हरसंस्थामा सकेसम्म सरकार (कार्यकारी) को नियन्त्रण कायम गर्ने वा नियन्त्रण बढाउने र आफ्ना आसेपासेलाई मालदार नियुक्ति दिने कुरामा सरकारको ध्यान गइरहेको देखिन्छ।  

ओलीको विकल्प : सुधारिएका ओली
प्रजातन्त्रोत्तर कालमा गिरिजा कोइरालापछि सबभन्दा दरो मौका पाउने प्रधानमन्त्री र राजनीतिज्ञ ओली नै हुन्। जुन मौकालाई कामभन्दा कुरा बढी गरेरै उनी गुमाउँदैछन्। अझै पनि गम्भीर र इमानदार आत्मसमीक्षा गरेर आफ्ना बोलीलाई संयमित र कार्यशैलीलाई परिवर्तित गर्ने हो भने अरुलाई मौका छैन, उनैलाई मात्र छ। स्थिर, एकमना र दिगो सरकारको उदात्त नायक खोजिरहेको समाजले उनमा आफूले खाोजेको कुरा पाएको ठानेको थियो डेढ वर्षअगाडि। अहिले निराश हुँदै गए तापनि उसले अझै उनको विकल्प देखेको छैन। अरु विकल्पमा जान खोजियो भने त्यसले देशमा पुनः अर्को राजनीतिक अस्थिरताको दौर निम्त्याउने कुरा उसले बुझेको छ। भोलिको कुरा भोलि नै होला तर यतिखेरसम्मका लागि ओलीको विकल्प भनेको ओली नै हुन तर सुधारिएका ओली। के ओलीले आफ्ना बोली, कार्यशैली, र टिममा त्यो सुधार ल्याउन सक्लान् ?

प्रकाशित: ३० असार २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App