१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मन्थली–खुर्कोट सडकखण्ड खुल्यो

रामेछाप – अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध मन्थली–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि खुलेको छ। रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटनजिक सुनकोशीको पुलको रामेछापतर्फको मुखमा खसेको पहिरो पन्छाएपछि सो सडक खुलेको हो।

पुलको मुख नै बन्द हुने गरी पहिरो खसेपछि तीन दिनदेखि सो सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा सिंगो रामेछापसहित दोलखा र ओखलढुंगाका केही भागका यात्रु मारमा परेका थिए।

तत्काल सडक सञ्चालन गर्नुपर्ने जिल्लाको आवश्यकतालाई ध्यानमा राखी पानी र निरन्तर खस्ने पहिरोको त्रासबीच पनि बाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी (पाण्डे) ले जानकारी दिइन। तत्कालका लागि बाटो सञ्चालन गरिएको भए पनि सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाएर गर्नुपर्ने अवस्था भने अझै कायम नै रहेको छ।

प्रकाशित: ३० असार २०७६ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App