१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा मृत्यु हुनेको संख्या चार पुग्यो

सिन्धुली - बाढीपहिरोमा परी सिन्धुलीमा चारजनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्। सिन्धुलीका तीन छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दूधौली नगरपालिका–१२ जिनाखु बुनिटारका हीराबहादुर पौडेलको घरमाथिबाट शुक्रबार खसेको पहिरोले घर पुर्दा बेपत्ता भएकी उनकी श्रीमती वर्ष ३० की सीता पौडेल र उनकी १० वर्षीया छोरी सविता पौडेल शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। योसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो। उनका छोरा सागर पौडेल भन अझै बेपत्ता छन्। सो पहिरोमा पाँचओटा बाख्रासमेत पुरिएका थिए।

शनिबारै कमलानदीमा आएको बाढीले दूधौली नगरपालिका–१ डकाहामा त्रिपाल टाँगेको टहरो बगाउँदा एक बालकको मृत्यु भएको थियो भने बेपत्ता तीनजना अझै भेटिएका छैनन्।

सर्लाही घर बताउने रेणु कापरीका ३ वर्षीय छोरा कार्बन कापरीको मृत्यु भएको हो। रेणुकै एक वर्षीय छोरा सर्गम र सात वर्षीय छोरा आधि कापरी अझै बेपत्ता छन्। यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर बताउने मिथुन कापरीकी ६० वर्षीया फुपू मरणी कापरीसमेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै गत शुक्रबार वर्षाकै कारण सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा गोठमाथिबाट पहिरो खस्दा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको थियो।

प्रकाशित: ३० असार २०७६ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App