१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

भानुभक्तकाे सम्झनामा (भिडियाे)

आज भानुजयन्ती। देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा जन्मिएका भानुभक्तको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भएको थियो।

भाषिक हिसावले मात्र होइन, विश्वभर छरिएका नेपालीका लागि उनी प्रेरणा बनेका छन्। बाल्मिकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्यमा अनुवाद गरेर जनमानसले अध्ययन गर्न सक्ने सहज बनाएका थिए।  बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे।

मोतीराम भट्टले भानुभक्तका बारेमा लेखेका थिए, ‘धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए। तर, कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविमा आदिकवि भानुभक्त नैं हुन्। जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ। संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार?’

प्रकाशित: २९ असार २०७६ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App