१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री महासेठले पत्रकारलाई भनेः 'क्यामरा बन्द गर्नुस्'

फाइल तस्बिर ।

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चारमाध्यमहरूलाई रोक लगाएका छन्।

आइतबार मन्त्रालयमा नेपाली कांग्रेस नुवाकोटले अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। सो ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई मन्त्री महासेठले भिडियो खिच्न रोक लगाएका हुन्।

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने। ‘यसरी भिडियो लिन हुन्न,’ उनले भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाएका हुन्। मन्त्री महासेठले सञ्चारमाध्यमहरूलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्।

प्रकाशित: २९ असार २०७६ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App