१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा हिंसा जारीः २० जना हुथी विद्रोही मारिए

एडेन– यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ।

सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ। बारुदी सुरुङ विस्फोटबाट अरु धेरै विद्रोही घाइते भएका छन्।

सरकारको नियन्त्रणमा रहेको मारिब प्रान्तको सेरवाहमा केही दिनदेखि सरकारी फौज र हुथी विद्रोहीबीच भिषण संघर्ष जारी छ। यसै महिनाको शुरुमा हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रले गभर्नर भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

साउदी गठबन्धनको सहयोगमा परिचालित यमनी सरकारी फौज गत अप्रिल २०१५ देखि नै मुलुकको उत्तर, पूर्व र पश्चिमी क्षेत्रमा संघर्षरत छ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ। विद्रोहीहरुले राजधानी साना सहित मुलुकका अधिकांश स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

यमनी गृहयुद्धका कारण १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने तीस लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। सिन्ह्वा

प्रकाशित: २९ असार २०७६ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App