१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशका पूर्वराष्ट्रपति एर्सादको निधन

ढाका– बंगलादेशका पूर्वराष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ।

सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए। एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिएका थिए।

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य भएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो।

पछिल्लो समय जातीय पार्टी खोल्नु भएका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उहाँका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए।

सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए। उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो।

सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उहाँको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो। उनी वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो। एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि थिए। जहाँबाट उनले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। एएफपी

प्रकाशित: २९ असार २०७६ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App