१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाडौं – कप्तान पारस खड्काको अर्धशतकप्रेरित नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा मलेसियालाई ७ विकेटले हराएको छ। क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको खेलमा मलेसियाले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालका लागि कप्तान पारसले अविजित ८६ र शरद् भेषावकरले अविजित १६ रनको योगदान गरे। पारस र शरद्ले चौथो विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेसँगै नेपालले सहज जित पक्का गरेको थियो। आक्रामक ब्याटिङ गरेका पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे। त्यस्तेै शरद्ले २० बलमा १ छक्का प्रहार गरे।

१ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २८ रन जोड्दा ओपनर प्रदीप ऐरीलाई पहिलो विकेटका रूपमा गुमाएको धिायो। १७ बल खेल्दै १ छक्काको मद्दतमा ८ रन प्रहार गरेका प्रदीपलाई फिट्री सामले अनवर रहमानबाट क्याच गराएका थिए। त्यसछि ब्याटिङका लागि आएका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ७ रन मात्र जोडेका ज्ञानेन्द्रलाई अनवरले बोल्ड गरेका थिए। नेपालले ६८ रन जोड्दा रोहितकुमार पौडेललाई तेस्रो विकेटका रूपमा गुमाएको थियो। अनवरबाट एलबिडब्लुको सिकार हुनुअघि रोहितले मात्र ५ रन जोडेका थिए।

मलेसियाका अनवरले २ र सामले १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रनको योगफल खडा गरेको थियो। मलेसियाका ओपनर भिरनदीप सिंहले ५२ र कप्तान अहमद फायजले ४५ रन जोडे। त्यस्तै सामले १२ रनको योगदान गरे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन्।

पहिलो ओभरको दोस्रो बलमा सोमपाल कामीले ओपनर साइद अजिजलाई बोल्ड गर्दै मलेसियालाई पहिलो झड्का दिएका थिए। भिरनदीपले दोस्रो विकेटका लागि सामसँग ४१ रनको साझेदारी गर्दै मलेसियाको इनिङ उकास्ने संकेत गरेका थिए। सातांै ओभरको पहिलो बलमा सामलाई स्पिनर सन्दीप लामिछानेले करण केसीबाट क्याच गराउँदै यी दुईबीचको साझेदारी तोडेका थिए।

भिरनदीप र फयाजले तेस्रो विकेटका लागि ५० रनको सझेदारी गरे। १५औं ओभरको दोस्रो बलमा भिरनदीपलाई  स्पिनर वसन्त रेग्मीले प्रदीप ऐरीबाट क्याच गराएसँगै मलेसियाको विकेट पतन सुरु भएको थियो। भिरनदीपले ४९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा ३९ बल खेलेका फयाजले २ छक्का प्रहार गरे। मलेसियाले अन्तिम ५ ओभरमा मात्र ३५ रन जोड्यो। त्यस क्रममा टोलीले ६ विकेट गुमाएको थियो।

मलेसियाको इनिङलाई सस्तोमा समेट्ने क्रममा नेपालका करणले ३ तथा सन्दीप र वसन्तले समान २ विकेट लिए। सोमपालको नाममा एक विकेट रह्यो। यस जितसँगै नेपालले २ खेलको शृंखलामा १–० को अग्रता लिएको छ। शृंखलाअन्तर्गतको दोस्रो खेल आइतबार हुनेछ। नेपालका लागि कप्तान पारसले अविजित ८६ र शरद् भेषावकरले अविजित १६ रनको योगदान गरे।

 

 

प्रकाशित: २९ असार २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App