१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायपरिषदले पूर्णता पायो

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले पदम वैदिकलाई नाम सर्वसम्मतले अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको छ। बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा  परिषद सदस्यमा सिफासिर भएको वैदिकको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

यसअघि नेपाल बारले सिफारिस गरेका रामप्रसाद सिटौलाको नाममा पनि समितिले अनुमोदन गरिसकेको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषदमा वरिष्ठतम् न्यायाधीश, नेपाल बारले सिफारिस गरेका एक जना सदस्य, प्रधानमन्त्रीले सिफारिस गरेका एकजना र कानुनमन्त्री सदस्य रहने प्रावधान रहेको छ। बिहीबार बसेको समितिले वैदिकको नाम अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको हो।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App