१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्युलरसँगको सुनुवाई एक सातापछि

वासिङ्टन – अमेरिकी न्याय मन्त्रालयका पूर्वपरामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कंग्रेस (संसद्) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ।

यस पहिलेको कार्यक्रमअनुसार उनीमाथिको सुनुवाई आगामी साता (जुलाई १७)का लागि तोकिएको थियो। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपमाथि उठेका म्युलरको प्रतिवेदनबारे हुने सुनुवाईलाई छोटो समयमा सम्पन्न गर्दा सबै सांसदले प्रशस्त समय पाउन नसक्ने भन्दै दुवै दलका सांसदहरुबाट आएको गुनासोलाई सम्बोधन गर्दै उक्त निर्णय भएको अमेरिकी अधिकारीले जनाएका छन्।

‘सांसदहरुले माग गरेअनुसार थप समय प्रदान गर्नका लागि जुलाई २४ का लागि सनुवाइ तय भएका छ,’ अमेरिकी न्याय मन्त्रालयले भनेको छ। नयाँ प्रबन्धअनुसार म्युलरको अनुसन्धान प्रतिवेदनमाथि संसद्को न्याय तथा गुप्तचर समितिमा यस पहिले तय गरिएभन्दा थप समय सुनुवाई हुनेछ।

म्युलरले आफ्नो जिम्मेवारीअनुसार अनुसन्धान प्रतिवेदन तयार पारी सम्बन्धित निकायलाई बुझाएको भन्दै यसबारे सुनुवाई हुनु जरुरी नभएको भन्दै सुनुवाईप्रति अनिच्छा प्रकट गर्दै आएका थिए। उनले आफूले प्रतिवेदनमा दिएको रिपोर्ट नै अन्तिम भएकोले रिपोर्टभन्दा बाहिर नजाने पनि बताउने गरेका छन्। अमेरिकी न्याय समितिले भने म्युलरको रिपोर्टमा अमेरिकी राष्ट्रपतिको हस्तक्षेपका शृंखलाबारे सुनुवाईलाई लक्षित गर्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको आरोप छ।

प्रकाशित: २९ असार २०७६ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App