१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिभुवन राजपथ र कुलेखानी सडक सुचारु

काठमाड – वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध पारेको त्रिभुवन राजपथ र हेटौंडा–भीमफेदी–काठमाडौं सडकको हेटौंडा–कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ ।

भीमफेदी गाउँपालिका– १ भैंसेस्थित बागझोरा खोलामा सडक मर्मत गरेसँगै शनिबार बिहानैबाट त्रिभुवन राजपथ र हेटौंडा–कुलेखानी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । हेटौंडाबाट करिब ७ किलोमिटर उत्तरतर्फ रहेको बागझोरा खोलामा सडक मर्मत गरिए पनि सिस्नेरी र फाखेलमा सडक भने मर्मत सकिएको छैन ।

कान्तिलोकपथ, हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं र हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक भने सञ्चालनमा आउन सकेको छैन ।

त्यस्तै, कान्तिलोकपथ, हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं र हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक भने सञ्चालनमा आउन सकेको छैन । कुलेखानीबाट सिस्नेरी र फाखेल हुँदै काठमाडौं चल्ने सडकमा झरेको पहिरो हटाउन नसकिँदा सडक सुचारु गर्न नसकिएको प्रहरी उपरिक्षक सिंहले बताए । ‘सिस्नेरी र फाखेलको सडकमा मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘आइतबारबाट सडक सञ्चालनमा आउनेछ ।’ त्यस्तै, ५ दिनदेखि अवरुद्ध रहेको कान्तिलोकपथ मर्मत गरी सञ्चालनमा आउन केही दिन लाग्ने उनले बताए । निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मकवानपुरको पूर्वी छतिवन, फापरबारी र राईगाउँ तथा पश्चिमी क्षेत्रसँगको सडक सम्पर्क बिच्छेद भएको छ ।

१ सय ६६ जनाको उद्धार
बाढी, पहिरोका कारण जोखिममा रहेका भिमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका १ सय ६६ जनालाई उद्धार गरिएको छ । भिमफेदी गाउँपालिका– , माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका १८ परिवारका ९२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

घरमाथि र घरमुनिबाट पहिरो गएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८ घण्टा लगाएर शुक्रबार साँझ उनीहरुलाई सुरक्षित स्थानमा सारेका हुन् । उद्धार गरिएकाहरुलाई आफन्त र नेपाल रेडक्रस सोसाइटी उपशाखा भिमफेदीको कार्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । त्यस्तै, हेटौंडा उपमहानगरपालिका ५, पिप्ले, शान्तिनगर, गर्दोइलगायतका स्थानबाट ७४ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । स्थानीय कर्रा खोलाको भल बस्तीहरुमा पसेर डुबानमा परेपछि प्रहरीको टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको प्रहरी उपरिक्षक सिंहले बताए ।

प्रकाशित: २९ असार २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App