कमला नदीले परिवारै बगायो

शनिबार, २८ असार २०७६, १४ : ५६ अनिल भण्डारी

सिन्धुली– कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ। लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।

दूधौली–१, डकाहा बजार नजिककै कमला नदी किनारमा त्रिपाल टाँगेर बस्ने सो परिवारलाई कमला नदीले बगाउँदा सर्लाही घर बताउने रेणु कापरीको तीन वर्षीय छोरा कार्बनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मृतक बालकको दूधौली नगरपालिका–४, बैरामा शव फेला परेको हो। रेणुकै एक वर्षीय छोरा सर्गम र सात वर्षीय आधि बेपत्ता छन्।

यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर बताउने मिथुन कापरीको ६० वर्षीय फुपु मरणी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले बगाएका मिथुन र रेणुलाई प्रहरीले सकुशल उद्धार गरेको छ। त्यस्तै दूधौली–१ कै हाटगाउँ बस्ने जितबहादुर सार्कीको गोठमा सुतिरहेको अवस्थामा नदीले गोठ बगाएको छ। सार्की भने भागेर रुख चढेर बाँच्न सफल भएको स्थानीयले बताएका छन्। अविरल वर्षाका कारण सुनकोशी नदी, कमला नदी, मरिण खोला तथा अन्य खोलाका किनारामा बस्ने बासिन्दा जोखिममा छन्।

वर्षाकै कारण सुनकोशी गाउँपालिका–१, कमेरेस्थित विपी राजमार्गमा माथिबाट खसेको लेदो पहिरोका कारण को १ च ८९५६ नम्बरको पिकअप बोलेरो गाडी फस्दा चालक गम्भीर घाइते भएका छन्। प्रहरी चौकी दुम्जाका प्रहरीले उद्धार गरी चालक सिराहा गोलबजार नगरपालिका–३ का इन्दल शाहलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौंतर्फ लगिएको स्थानीयले जनाएका छन्।

शुक्रबार सिन्धुलीको फिक्कल गाउँपालिका–१, झुल्केमा गोठ माथिबाट पहिरो खस्दा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको थियो।

विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
लगातारको वर्षाका कारण विपी राजमार्ग बन्द भएको छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। राजमार्गको खनियाखर्क, माथिल्लो बारा, सुनकोशीको कमेरे, नेपालथोकलगायतका क्षेत्रमा माथिबाट खसेको लेदो पहिरोका कारण राजमार्ग बन्द भएको छ।

राजमार्गलाई खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि सिन्धुली हँुदै पूर्वी तराईका विभिन्न जिल्लामा जाने यात्रुहरू अलपत्र परेका छन्।

यस्तै मध्यपहाडी राजमार्ग र खुर्कोट मन्थली राजमार्गसमेत अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा पहिरो गएको छ भने खुर्कोट मन्थली सडक खण्डको सुनकोसी पुल नजिकै पहिरो जाँदा अवरुद्ध भएको स्थानियले जनाएका छन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad