१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढुंगाले च्यापिएर किशोरीको मृत्यु

रुकुम– ढुंगाले च्यापेर आठबीसकोट नगरपालिका–६ की १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको छ।

आठबीसकोट–६, जलिगारबाट गोतामकोटस्थित विद्यालय जाँदै गर्दा वर्षाका कारण माथिबाट आएको ढुंगाले च्यापेर उनको मृत्यु भएको रूकुम पश्चिम प्रहरीले जनाएको छ। उनी सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत थिइन्।

यसैबीच वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधनहरू चल्न सकेका छैनन्। बर्खे खोलाहरू समेत ह्वात्तै बढेका छन्।

प्रकाशित: २८ असार २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App