१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१२ घण्टादेखि डुबान क्षेत्रमै थुनिए प्राविधिकसहितको टोली

सिराहा– कमला नदीको पानीले जलमग्न बसपिट्टा गाउँमा ९ जनाको एक टोली १२ घण्टादेखि थुनिएका छन्। बसपिट्टामा निर्माण भइरहेको पुलमा काम गर्न शुक्रबार दिउँसो पुगेका प्राविधिकसहितको टोली डुबान क्षेत्रमा फसेका हुन्।

फसेकाहरूको उद्धारका लागि दुईपटक हेलिकोप्टर आएर फर्केको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। निरन्तर वर्षाले मौसम अनुकूल नहुँदा हेलिकोप्टरबाट पनि उद्धार सम्भव हुन नसकेको प्रजिअ अधिकारीले बताए। रबरबोटको सहयोगमा नेपाली सेना, प्रहरीले उद्धारको प्रयास जारी राखेको छ।

पाँच हजार घर डुबान

अविरल वर्षाले विभिन्न खोलानदीमा आएको बाढी वस्तीमा पस्दा सिराहा जलमग्न बनेको छ। सहरको मुख्य बजारसहित गाउँबस्तीमा चार फिटसम्म पानी जमेर डुबान भएको छ।

सगरमाथा चौधरी आँखा अस्पताल लहान पनि जल्मग्न छ। निकासका लागि मेयरदेखि सुरक्षाकर्मी गुहार्दासमेत वास्ता नभएको अस्पताल प्रशासनले जनायो। छिटो निकास नहुँदा अस्पतालको सेवानै ठप्प हुने अवस्था छ।

बुधबारदेखि परेको अविरल वर्षाले कमला नदीको पूर्वी बाँध भत्काउँदा सिरहाको सारश्वर, बेल्हा, गमहरिया, कठ्खोल्वा औरही गाउँपालिकाको कमलपुर, लहान नगरपालिका–१ स्थित मुसहरी टोल कल्याणपुर नगरपालिकाको पाँच हजार  घर डुबानमा परेका छन्।

डुबान पीडितहरूलाई उद्धर गरेर सुरक्षित स्थानमा ल्याउने काम जारी रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

 

प्रकाशित: २८ असार २०७६ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App