१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटको ४४ वर्ष

लन्डन – इङ्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपमा उपाधि भिडन्त गर्ने राष्ट्रको तय भइसकेको छ। यसपटकको विश्वकपमा साबिकको विजेता अस्ट्रेलिया र बलियो दाबेदार मानिएको भारतले सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेनन्।

घरेलु टोली इङ्ल्यान्ड इतिहास बनाउने यात्रा होमिदा हालसम्म विश्वकपको सेमिफाइनलमा नहारेको अस्ट्रेलियालाई पहिलोपटक खराब नतिजा सामना गर्न बाध्य बनायो। यससँगै आफ्नो देशबाट सुरु भएको विश्वकपको उपाधि चुम्न नपाएको इङ्ल्यान्ड सन् १९९२ पछि पहिलोपटक फाइनलमा पुग्न सफल भयो। अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको उक्त विश्वकप हाल प्रधानमन्त्रीसमेत रहेका इमरान खानले आफ्नो कप्तानीमा पाकिस्तानलाई पहिलो पटक उपाधि दिलाएका थिए। यसअघि दुई पटक फाइनलमा पुगे पनि इङ्ल्यान्ड उपाधि जित्न असफल रहेको थियो। घरेलु मैदानमा जारी विश्वकपको फाइनलमा पनि पुग्दै इङ्ल्यान्ड चौथो पटक उपाधिनजिक पुगेको छ।

यो उपाधि इङ्ल्यान्डले जितेमा लगातार तेस्रो पटक आयोजक राष्ट्र विश्वकपको उपाधि घरमै सुरक्षित गर्न सफल हुनेछ। सन् २०११ मा भारतले र सन् २०१५ मा अस्ट्रेलियाले घरेलु मैदानमा सम्पन्न विश्वकपमा सुरक्षित राखेका थिए। यता, न्युजिल्यान्ड पनि लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। सेमिफाइनलमा बलियो टोली भारतमाथि रबाफिलो जित रच्दै न्युजिल्यान्डले यसपटक पनि उपाधि जित्ने अवसर बनाएको छ। गत संस्करणको फाइनलमा भने न्युजिल्यान्डलाई अस्ट्रेलियाले स्तब्ध बनाएको थियो। न्युजिल्यान्ड विश्वकपको इतिहासमा दुई पटक मात्र फाइनलमा पुगेको छ। यस संस्करणमा सेमिफाइनलसम्मको खेल सकिँदा केही रोमाञ्चक क्षणहरू पनि भए। भारतका ब्याट्सम्यान रोहित शर्मा एकै विश्वकपमा सर्वाधिक रन बनाउनबाट २६ रनले चुके। न्युजिल्यान्डसँगको खेलमा १ रनमै आउट भएपछि रोहित त्यो अवसरबाट चुकेका हुन्।

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा सचिन तेन्दुलकरले ६ सय ७३ रन जोडेका थिए। अभैm पनि त्यो रेकर्डमा तोड्नका लागि इङ्ल्यान्ड जो रुट र न्युजिल्यान्डका कप्तान केन विलियम्सन निकट छन्।  रुट १ सय २५ रनले र विलियम्सन १ सय २६ रनले पछाडि छन्। यता, अस्ट्रेलियाका बलर मिचेल स्टार्कले भने एकै विश्वकपमा सर्वाधिक विकेटको कीर्तिमानलाई पछि पारिसकेका छन्।

हालसम्म २७ विकेट लिएका स्टार्कले आफ्नै देशका ग्लेन म्याकग्रेथले सन् २००७ को विश्वकपमा बनाएको २६ विकेटको रेकर्डलाई पछि पारे। यस विश्वकपमा बलले लागेर पनि स्टम्पको बेल नझर्दा आइसिसीले केही आलोचना पनि खेप्नुप¥यो। साथै थर्ड अम्पायरको अवसर हुँदाहुँदै पनि अम्पायरले हतारमा गलत निर्णय दिन पनि पुगे। यसपटक वर्षाका कारण लिग चरणमा चार खेल सञ्चालन हुन सकेन।

साथै वर्षाकै कारण भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल दुई दिनसम्म सञ्चालन भए। त्यसअघि लिगमा भने वर्षाका कारण यी दुई बीचको खेल भएका थिएनन्। यद्यपि, यी सबै घटनाका बावजुद इङ्ल्यान्ड र न्युजिल्यान्डबीच लड्र्समा आइतबारको उपाधि भिडन्त तय भइसकेको छ। यी दुई राष्ट्रमध्ये जसले उपाधि उचाले पनि विश्वकप क्रिकेटको उपाधि जित्ने नयाँ राष्ट्र हुनेछ।

यसअघि सन् १९९६ को विश्वकपले उपाधि जित्ने नयाँ राष्ट्रको रूपमा श्रीलंका पाएको थियो। त्यसपछि भने अस्ट्रेलियाकै दबदबा रहँदा भारतले एक पटक मात्र उपाधि फुत्काएको छ। सन् १९७५ देखि इङ्ल्यान्डबाट सुरु भएको विश्वकपको १२औं संस्करणसम्म आइपुग्दा कयौं किसिमका रोमाञ्चक घटनाहरू भएका छन्। जुन विश्वकप क्रिकेटको इतिहासलाई फर्केर हेर्दा केही यादगार पनि छन्।

पहिलोपटकमै वेस्ट इन्डिज सफल
सन् १९७५ मा इङ्ल्यान्डमा सम्पन्न विश्वकपको पहिलो संस्करणमा वेस्ट इन्डिजले क्लिभ लोयडको कप्तानीमा सीमित ओभरका अनुभवी खेलाडीलाई समेट्दै टोलीको घोषणा गरेको थियो। लोयडकै १ सय २ रन मद्दतमा वेस्ट इन्डिज लडर््समा सम्पन्न फाइनलमा अस्ट्रेलियालाई १७ रनले निराश पार्दै पहिलो विश्वविजेता बन्यो।

फेरि वेस्ट इन्डिजको दबदबा
सन् १९७९ को दोस्रो संस्करणमा भने वेस्ट इन्डिजको टोली थप सुदृढ र सन्तुलित थियो। तीव्र गतिको बलिङ आक्रमण यसपटक वेस्ट इन्डिजको विशेषता रह्यो। जसको मोर्चामा एन्डी रोबर्टस, मिचेल होल्डिङ, जोयल ग्रानर र कोलिन क्रोफ्ट थिए।
भिभिड रिचार्डले आयोजक इङल्यान्डविरुद्धको फाइनलमा १ सय ३८ रनको उत्कृष्ट इनिङ खेलेपछि साबिकको विजेता वेस्ट इन्डिजले उपाधि रक्षा ग¥यो। २ सय ८७ रनको लक्ष्य पछ्याएको इङल्यान्ड कोलिस किङको ८६ रनको योगदानका बावजुद पनि अन्तत् ९२ रनले निराश बन्यो।
१९८३ मा वेस्ट इन्डिजलाई भारतको झड्का
तेस्रो संस्करणको विश्वकपमा पनि वेस्ट इन्डिज हाबी हुने अनुमान थियो। वेस्ट इन्डिजले त्यो अनुमान हकिकतमा बदल्ने प्रयास गर्दा तेस्रो पटक फाइनलमा स्थान पनि बनायो। फाइनलमा उसको बाधक थियो, एसियाली राष्ट्र भारत। त्यसअघिको समूह चरणमा भने भारतले वेस्ट इन्डिजलाई स्तब्ध पारिसकेको थियो।
तर, फाइनलमा भने भारत १ सय ८३ रनमा सीमित बनेपछि नतिजा अगावै वेस्ट इन्डिजले जित्ने अनुमान गरिएका थिए। तर, वेस्ट इन्डिजका भिभिड रिचार्डसको निर्णायक क्याच लिएसँगै कप्तान कपिल देवले भारतलाई ४३ रनको जित दिलाउँदा नयाँ विश्व विजेताको उदय भयो।

एसियामा चम्किँएको अस्ट्रेलिया
सन् १९८७ मा पाकिस्तान र भारतले संयुक्त रूपमा आयोजना गरेका त्यो विश्वकपको फाइनलमा यी दुई आयोजक टोली नै उपाधि भिडन्तमा पुग्ने अनुमान थियो। तर, त्यसको ठीक विपरीत अस्ट्रेलिया र इङ्ल्यान्ड फाइनलमा पुगे। भारतको कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न फाइनलमा अस्ट्रेलिया इङ्ल्यान्डमाथि ७ रनको रोमाञ्चक जित हात पार्न सफल भएको थियो।

१९९२ मा पाकिस्तानको उदय
त्यसअघि आपैmले आयोजना गरेको विश्वकपमा असफल हुँदा पाकिस्तान निराश थियो। तर, अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भने पाकिस्तानले उपाधिको धोको पूरा ग¥यो। यस विश्वकपमा दक्षिण अफ्रिकाले दशकपछि सहभागिता जनाएको थियो।
समूह चरणबाटै बाहिरने संघारमा रहेको पाकिस्तानले अन्तत् कप्तान इमरान खानको प्रेरणादायी प्रदर्शनमा फाइनलसम्मको यात्रा पक्का गरेको थियो। साथै उपाधि पनि जित्यो। उनै इमरान हाल पाकिस्तानको वर्तमान सरकारका प्रधानमन्त्री छन्। इमरानले आफ्नो नेतृत्वमा इङ्ल्यान्डलाई फाइनलमा निराश बन्न बाध्य बनाएका थिए।
यसैबाट विश्वकपको इतिहासमा फेरि नयाँ राष्ट्रका रूपमा पाकिस्तानको उदय भयो। पाकिस्तानले इमरानको ७२ रनमा प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय २७ रनमा अलआउट भएको थियो।

श्रीलंकाद्वारा अपमानको बदला
१९९६ मा श्रीलंकाले जितेको यो विश्वकपमा दुई बलिया राष्ट्रले समूह चरणको खेल बहिस्कार गर्दा चर्चित बन्यो। भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजले मैदान खेल्न उपयुक्त नभएको भन्दै घरेलु टोली श्रीलंकाविरुद्धको समूह चरण खेल बहिस्कार गरे।
तर फाइनल भेट भने श्रीलंका र अस्ट्रेलियाकै भयो। अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य श्रीलंकाले अरबिन्द डी सिल्भाको शतकप्रेरणाबाट ३ विकेटको क्षतिमा पूरा गर्दै विश्वकपको उपाधि जितेको थियो। साथै श्रीलंकाले अस्ट्रेलियासँग अपमानको बदला लिने अवसरसमेत पायो।

अस्ट्रेलिया दोस्रो पटक सफल
१९९९ मा दोस्रो पटक विश्वकपको उपाधि जित्दा अस्ट्रेलियाले अधिकांश खेलमा संयमित प्रदर्शन रह्यो। इङ्ल्यान्डमा सम्पन्न त्यस विश्वकपमा अस्ट्रेलिया सुपरसिक्समा राम्रो नेट रनरेटका कारण फाइनल प्रवेश गरेको थियो। लडर््समा सम्पन्न फाइनलमा स्पिनर शेन वार्नरले ४ विकेट लिएपछि अस्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले निराश पा¥यो। त्यससँगै फेरि, अस्ट्रेलिया च्याम्पियन हुनपुग्यो।

२००३ मा अस्ट्रेलियाको दबदबा कायमै
विश्वकप सुरु हुन एक दिन बाँकी हुँदा स्पिनर शेन वार्न ड्रग परीक्षणमा असफल भएपछि अस्ट्रेलियालाई ठूलो झड्का लागेको थियो। जोहान्सबर्गमा सम्पन्न फाइनलमा अस्ट्रेलियाले कप्तान रिकी पोन्टिङको अविजित १ सय ४० रनको प्रेरणाबाट भारतलाई १ सय २५ रनले हराउँदै पुनः विश्वकपको उपाधि उचाल्न सफल भयो।

२००९ मा उल्मरको निधनले विश्वकप छायाँमा
वेस्ट इन्डिजमा सम्पन्न यस विश्वकपमा पाकिस्तानी प्रशिक्षक बब उल्मरको निधनले छायाँमा परेको थियो। उल्मरको शव होटलको कोठामा फेला परेको थियो। बर्बाडोसमा सम्पन्न फाइनलमा अस्ट्रेलियाले एडम गिलक्रिस्टको शतकमा श्रीलंकालाई निराश पार्दै लगातार तेस्रो पटक उपाधि उचाल्न सफल भयो।

मास्टर ब्लास्टर तेन्दुलकरको सुखद बिदाइ
सन् २०११ मा एसियाली महाद्वीपमा फर्किएको विश्वकपमा सबैको एउटै चासो थियो, सचिन तेन्दुलकरको बिदाइ कस्तो होला ? तेन्दुलकरको यो छैटाें पटक विश्वकपमा सहभागिता पनि थियो, साथै अन्तिम पनि। भारतले क्वार्टरफाइनलमा अस्ट्रेलिया र सेमिफाइलमा पाकिस्तानलाई निराश पादै फाइनलको यात्रा तय गर्न सफल भयो।
वाङखडे स्टेडियममा सम्पन्न फाइनलमा श्रीलंकालाई स्तब्ध बनाउँदै भारत दोस्रो पटक विश्व विजेता बन्न सफल भयो। साथै तेन्दुलकर बिदाइ पनि सुखद बन्यो।

अस्ट्रेलियाको पुनरागमन
२०१५ को विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए। यी दुई आयोजक टोली नै फाइनलमा पनि पुगेका थिए। अस्ट्रेलियाले मिचेल स्टार्कको प्रेरणादायी प्रदर्शनबाट फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै विश्वकप जितेको थियो। त्यससँगै पहिलो पटक फाइनलमा पुगेको न्युजिल्यान्डको उपाधि जित्ने सपना पूरा हुन सकेन।

यसपटकको १२औं संस्करणको उपाधि इङ्ल्यान्ड र न्युजिल्यान्डमध्ये जसले उचाले पनि विश्वकप क्रिकेटले नयाँ विश्वविजेता पाउनेछ। यसअघि सन् १९९६ को विश्वकपले उपाधि जित्ने नयाँ राष्ट्रको रूपमा श्रीलंका पाएको थियो। त्यसपछि भने अस्ट्रेलियाकै दबदबा रहँदा भारतले एक पटक मात्र उपाधि फुत्काएको छ।

प्रकाशित: २८ असार २०७६ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App