१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उद्धारमा खटिए सुरक्षाकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न भागमा वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ट्विट गर्दै सम्भावित जोखिमबाट जनतालाई जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी खटिएको जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले सर्लाहीका सीमावर्ती क्षेत्रमा डुबान समस्या समाधान गर्न नेपाल र भारतबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाएका छन्। उनले बाढीका कारण ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

यसैगरी मधेसी आयोगले अविरल वर्षाका कारण मधेसमा भएको डुबान र सिर्जित मानवीय संकट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा समाजसेवी, संघसंस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालालाई समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनस्र्थापना प्रभावकारी बनाउन आग्रह गरिएको छ।

यसैबीच नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठक बाढीपहिरो र डुबानमा केन्द्रित भएको छ। बैठकले बाढीपहिरो र डुबानका कारण भएको मानवीय र भौकि क्षतिप्रति दुःख प्रकट गरेको छ। बैठकले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। बैठकले पार्टी पंक्तिलाई बाढीपीडितको उद्धार र राहतमा जुट्न आग्रह गरेको छ।

प्रकाशित: २८ असार २०७६ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App