१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता, उद्धारको प्रयास जारी

दुर्छिममा पहिरोले किच्दा क्षतिग्रस्त बनेको घर । तस्बिर: नागरिक

खोटाङ– माथिबाट झरेको पहिरोले घर पुरिँदा खोटाङमा आमा र दुई छोरा बेपत्ता भएका छन्। वर्षाका कारण झरेको पहिरोले घर पुर्दा खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित बाघपच्याङका विष्णु राईको घर पुरिँदा उनी श्रीमती रेखा राई र दुई नावालक छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राई नागरिक न्यूजलाईले बताए। शुक्रबार बिहान तीन÷चार सय मिटरमाथि बाट झरेको पहिरोमा बिष्णुले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । भाग्नेक्रममा उनलाई पनि हातखुट्टामा चोट लागेको वडाध्यक्ष राईले बताए।

घटना लगत्तै स्थानीयले पहिरोमा बेपत्ता आमा छोराको उद्धारको प्रयास गरिरहेका छन्। बेला–बेला पहिरो खस्नेक्रम जारी रहेकाले बेपत्ताको उद्धारमा कठिनाई भइरहेको छ। घट्नाको बारेमा जानकारी आएपछि ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। ‘क्षतीको अपुष्ट जानकारी आएपछि प्रहरी परिचालन गरिएको छ,’ डिएसपी गौतमले भने, ‘प्रहरी पुगेपछि घटनाको विस्कृत जानकारी प्राप्त हुन्छ।’ अविरल वर्षाका कारण वाप्लुखाकै दिप्तुङका कृष्ण खड्काको बाख्रा खोर बगाएको र घर जोखिममा परेको बताइएको छ।

ठाउँ–ठाउँमा क्षति
यस्तै, पछाडिपट्टीबाट आएको पहिरोले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा मिलन लम्साल बसिरहेको शिवराज राईको घरको एक कोठा र बरण्डा लगेको वडाध्यक्ष शिव फुयाँलले बताए। यस्तै, माथिबाट खसेको पहिरोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कम्पिना राईको घर पुरिएको छ। सामान्य वर्षा लगत्तै घरभन्दा माथिको भित्ता पहिरोकोरुपमा खस्दा राईको घर पुरिएको हो।

मध्यपहाडी लोकमार्गको भित्तापट्टि निर्माण गरिएको घर पुरिएपछि राई परिवार बिस्थापित भएको स्थानीय नेता राजुबिक्रम चाम्लिङले बताए। घरमाथिको भित्ता पहिरोको रुपमा खस्दा सोभन्दा माथिको अर्को घर जोखिममा परेको छ। 

प्रकाशित: २७ असार २०७६ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App