१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिलो दिनमै १० हजार अवलोकनकर्ता

काठमाडौं – उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत् इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ।

बिहीबार इक्यानले जारी गरेको प्रेस विज्ञप्तीमा मेलाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई यस्ता मेला निकै उपयोगी हुने उल्लेख छ। ‘अहिले उच्च शिक्षा आर्जन गर्न नेपाली विद्यार्थीहरु विदेश जाने संख्या बढेको छ। यस्तो अवस्थामा एकै थलोबाट सबैखाले जानकारी उपलब्ध हुँदा विद्यार्थीले चौतर्फी भौंतारिनु पर्र्दैन,’ मेला अवलोकन गर्दै डा. भट्टराइले भने, ‘मेला अवलोकन गर्न आएका विद्यार्थीहरु उच्च शिक्षाका लागि जुनसुकै देशमा गए पनि शिक्षा आर्जन गरेपछि स्वदेशमा फर्केर त्यहाँ सिकेको सीप उपयोग गर्नुपर्छ।’

कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिलका डेप्युटी हेड अफ मिसन क्रिस्ष्टिन कार एलिवेले नेपाल र बेलायतको दैत्य सम्बन्धको चर्चा गर्दै इक्यान जस्ता मेलाले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गरिन्। त्यस्तै, ब्रिटिस काउन्सिल कन्ट्री डाइरेक्टर जिम ओनिलले मेलाको सफलताको शुभकामना दिँदै ब्रिटिस काउन्सिलले विगत ६० वर्षदेखि नेपालको सांस्कृतिक र शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको बताए।

मेलामा अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सचेत भएर जान आग्रह गरे। उनले विदेश जानुपूर्व आवश्यक जानकारी लिनका लागि यस्ता मेला निकै फलदायी हुने बताए। उद्घाटन कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको बताए। ‘एकै थलोमा १५० भन्दाबढी एजुकेसन कन्सलटेन्सीहरु जम्मा भएका छन्,’ अध्यक्ष पाण्डेले भने, ‘विद्यार्थीका लागि जुनसुकै देश, त्यहाँको शिक्षा नीतिसँगै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष साक्षात्कार गर्नका लागि अवसर पनि हो। विदेशी शिक्षाबारे सम्पूर्ण जानकारीसँगै करिअर काउन्सिलिङका समेत मेलामा वयवस्था छ।’ मेलामा तीन सयभन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ।

प्रकाशित: २७ असार २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App