१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अमेरिकामा मुख्य समस्या भ्रष्टाचारः मूडीज

मेक्सिको सिटी- दक्षिण अमेरिकाको खुलेआम तथा अनियन्त्रित भ्रष्टाचार नै यस क्षेत्रको आर्थिक प्रतिस्पर्धात्मक क्षमताका लागि मुख्य बाधक रहेको विश्व प्रसिद्ध क्रेडिट रेटिङ एजेन्सी मूडीजले जनाएको छ।

दक्षिण अमेरिकाको अर्थतन्त्रमा भ्रष्टाचार बाहेक अरू पक्ष पनि उत्तिकै जल्दाबल्दा रहेको जनाउँदै बुधबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा मूडीजले विश्वव्यापी रुपमा कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, पूँजी आप्रवाहमा न्यूनता, प्रविधिमा हुने खललता र घट्दो असमानता पनि जिम्मेवार रहेको बताएको छ।

तर कच्चा सामग्रीको मूल्यमा आएको गिरावट र अस्थिर पूँजी लगानीका बाबजुद समग्र दक्षिण अमेरिकी क्षेत्रको क्रेडिट परिदृश्य तुलनात्मक रुपमा स्थिर रहेको मूडीजले जनाएको छ।

प्रतिवेदनमा कच्चा सामग्रीको मूल्य अस्थिरताले खानी उद्योग, तेल र ग्यास क्षेत्रमा लगानीको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको उल्लेख छ।

नवीन प्रविधिको प्रयोगले दक्षिण अमेरिकी मुलुकहरु खासगरी अर्जेन्टिना, ब्राजिल, चिली र मेक्सिकोका उद्योगहरुमा व्यापक रुपान्तरण भइरहेको मूडीजको प्रतिवेदनमा जनाइएको छ।

तर, पर्याप्त निगरानीको अभावमा प्रविधिको प्रयोगले दक्ष र अदक्ष कामदारबीचको विभेद बढाउने एवं आर्थिक वृद्धिलाई अवरुद्ध तुल्याउन सक्छ।

गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी दुई वर्षसम्म दक्षिण अमेरिकाको आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण गरिसकेको छ। प्रतिवेदनमा यस वर्ष दक्षिण अमेरिकाको आर्थिक वृद्धि करिब १.४ प्रतिशत र अर्को वर्ष २.४ प्रतिशत मात्र हुने आँकलन गरेको छ। सिन्ह्वा

प्रकाशित: २६ असार २०७६ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App