१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बाेलाए २३ मन्त्री र सचिवलाई सिंहदरबार

काठमाडाैँ - पछिल्लाे समय सरकारकाे काम कारवाहीलाइ लिएर सडकदेखि सदनमा असन्तुष्टि व्यक्त भइरहेकाे बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयसँग प्रगति विवरण माग गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आजदेखि सुरु भएको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवसँग मन्त्रालयगत प्रगति विवरण माग गरेका हुन्।  बैठकमा स्वयं प्रधानमन्त्री समेत उपस्थित रहेका छन्।

मन्त्रिपरिषद कार्यालयले मन्त्री तथा सचिवहरुलाई राखेर प्रगति समीक्षा बैठक बसिरहेकाे छ। अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयलले के कति काम गर्याे साे को प्रगति थाहा पाउने उद्देश्यले बैठक बसेकाे हाे।

मन्त्रिपरिषद कार्यालयका अनुसार बैठकमा २३ वटै मन्त्रालयको प्रगति विवरण पेश हुने भएकाे छ। बैठक बिहान ११ः१५ देखि सुरु भएको हाे।

 

प्रकाशित: २६ असार २०७६ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App