१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बलिङमा किफायती रनरेट

बर्मिङ्घम– जारी विश्वकपमा इङ्ल्यान्डका युवा बलर जोफ्रा आर्चरले निकै उत्कृष्ट बलिङ गरिरहेका छन् ।

यस विश्वकपमा इङ्ल्यान्डका सबैभन्दा सफल बलर आर्चरले ९ खेलबाट १७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचीमा आफूलाई छैटौं स्थानमा उभ्याएका छन् । कुल ८०.५ ओभर बलिङ गरेका आर्चर ८ मेडनसहित ४.७८ को किफायती रनरेटमा छन् ।

उनको यस किसिमको प्रदर्शनले विश्वकपमा अन्तिम चरणको छनोटमा इङ्ल्यान्डको टोलीमा स्थान बनाउँदा आफ्नो आलोचना गर्नेको समेत मुख बन्द गरिदिएका छन् । तीव्र गतिका बलर आर्चरलाई इङ्ल्यान्डको टोलीमा राखिँदा छनोटकर्ताले निकै आलोचनाको सामना गर्नुपरेको थियो । यद्यपि, आर्चरले ती सबै आलोचना आफ्नो बलिङ मार्पmत बन्द गरिदिए ।

पाकिस्तान र भारतविरुद्ध बाहेक अन्य खेलमा भने आर्चरको प्रदर्शन उच्च रहेको छ । अन्य खेलमा भने उनले विकेट लिँदै किफायती बलिङ गरेका छन् । व्यावसायिक क्रिकेट लिगमा आशालाग्दो प्रदर्शन गरेपछि यसै वर्ष मात्र आर्चर राष्ट्रिय टोलीमा परेका थिए ।

गत मेमा आयरल्यान्डविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका आर्चरले यसबीच ९ खेलमा १८ विकेट लिएका छन् । यसमध्ये पछिल्ला १२ खेलमा मात्र २० विकेट लिइसकेका आर्चरले इङ्ल्यान्डका लागि आफूलाई नम्बर एक तीव्र गतिका बलरको रूपमा प्रमाणित गरिसकेका छन् ।

घरेलु टोली इङ्ल्यान्डले बिहीबार सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । उत्कृष्ट लयमा रहेका अस्ट्रेलियन ब्याट्सम्यानका लागि आर्चर मंगलबार निकै कठिन बलर हुन् । उनै आर्चर पनि डेविड वार्नर, एरोन फिन्च र स्टेभन स्मिथजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा आउट गर्दै घरेलु समर्थकलाई उपहार दिन चाहन्छन् ।

 

प्रकाशित: २६ असार २०७६ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App