१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच वर्षपछि मजदुरलाई ज्याला

काम गर्दै स्थानीय मजदुर।

धादिङ - रुविभ्याली गाउँपालिकाका मजदुरले पाँच वर्षअघि गरेको कामको ज्याला पाएका छन्। २०७१ सालमा नेपाल मार्केट डेभलपमेन्ट प्रोग्रामको साझेदारीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएका भ्युटावर, गोरेटो बाटो, बक्सवृज र पोटर सेल्टरहरू निर्माणमा संलग्न मजदुरले पाँच वर्षपछि ज्याला पाएका हुन्।

रुविभ्यालीअन्तर्गत पर्ने लापा, सेर्तुङ र तिप्लिङका स्थानीयले त्यस क्षेत्रमा काम गरेका थिए। २०७२ को भूकम्पअघि नै ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। काम गरेबापतको रकम भुक्तानी गरिदिन स्थानीयले बारम्बार टानलाई आग्रह गरेका थिए। तत्कालीन टान अध्यक्ष रमेश धमलाको नेतृत्वले काममा लगाएको तर पाँच वर्षसम्म ज्याला नदिएको भन्दै उनीहरूले टानको विरोध गर्दै आइरहेका थिए।

सम्पन्न भइसकेका संरचना २०७२ को भूकम्पले ध्वस्त पारेपछि टानले रकम रोकेको थियो। टानसँगको सम्झौताबमोजिम पाउनुपर्ने रकम नपाएको भन्दै गुनासो गरेका स्थानीयले अन्ततः ज्याला प्राप्त गरेका हुन्।

रुविभ्यालीका मजदुरको ज्यालाबापतको २२ लाख ७१ हजार ९ सय ११ रुपैयाँ स्थानीय निकायको रोहबरमा भुक्तानी गरिएको टानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए। ‘गणेश हिमाल मनास्लु पर्यटन प्रवद्र्धनअन्तर्गत रुविभ्यालीका मजÞदुरको रकम वितरण भएको छ,’ उनले भने, ‘एक सय २० जना मजदुरलाई ज्यालाबापतको रकम भुक्तानी गरेका छौं।’ उनले बाँकी मजदुरलाई पनि क्रमशः भुक्तानी गर्दै जाने बताए।

सम्पन्न भइसकेका संरचना २०७२ को भूकम्पले ध्वस्त पारेपछि टानले रकम रोकेको थियो। टानसँगको सम्झौताबमोजिम पाउनुपर्ने रकम नपाएको भन्दै गुनासो गरेका स्थानीयले अन्ततः ज्याला प्राप्त गरेका हुन्। टानले साविकको लिप्लिङ गाविसका स्थानीय मजदुरलाई सो रकम भुक्तानी गरेको छ। लापा र सेर्तुङका मजदुरको भने रकम भुक्तानी हुन बाँकी छ। रुविभ्यालीका स्थानीय मजदुरलाई काम गरेबापतको प्रशासनिक खर्चबाहेक ३५ लाख ८९ हजार पाँच सय ६० रुपैयाँ दिन बाँकी रहेको स्थानीय सुक तामाङले बताए। ‘टानमा गुहार्दा बल्ल २२ लाख ७१ हजार रकम भुक्तानी भएको छ,’ उनले भने, ‘बाँकी रकम कहिले भुक्तानी हुने हो, अन्योल छ।’

प्रकाशित: २६ असार २०७६ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App