जग्गा रोक्का गरेर राजश्व उठाइने

बुधबार, २५ असार २०७६, १५ : ४६ नागरिक

हेटाैंडा- आन्तरिक राजश्व कार्यालयले लामो समयदेखि कर/राजश्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ। उक्त  कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट  आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो।

पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए।

उक्त कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजश्व छली गरेको आरोपमा जरिवानासहित राजश्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको जनाइएको छ।
 
प्राप्त विवरणअनुसार चालू आवको जेठ महीनासम्ममा उक्त कार्यालयबाट तीन हजार २०३ व्यवसायीले लेखा नम्बर, तीन हजार ६९९ ले स्थायी लेखा नम्बर, ४३७ ले मूल्य अभिवृद्धि कर(भ्याट) नम्बर, एक हजार ३५५ ले अन्तःशुल्क नम्बर लिएकोे बताइएको छ।
    
कार्यालय प्रमुख ढकालका अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ७१ करोड १३ लाख ६८ हजार राजश्व सङ्कलन भएको र सो रकम लक्ष्यभन्दा बढी छ। रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad