१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नर्भिकलाई गुणस्तर पुरस्कार

काठमाडौं – युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले नर्भिक इन्टरनेसनललाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय मान्यता प्राप्त गरेको छ। असारको दोस्रो साता जर्मनीमा आयोजित विश्वव्यापी अभियानमा विभिन्न ५५ वटा कम्पनी छनोट भएकोमा नर्भिक अस्पताल पनि छनोट परी ‘गुणस्तर छनोट पुरस्कार २०१९’ पाउन सफल भएको हो। सो  पुरस्कार ग्रहण गर्न नर्भिक अस्पतालका निर्देशक मनिष खेम्का जर्मन पुगेका थिए।

निर्देशक खेम्काले नर्भिक अस्पतालले पु-याएको सेवा तथा व्यवस्थापनको विषयमा जर्मनी प्रस्तुति दिएको बताए। व्यवस्थापनमा नवीनता, गुणस्तरीय सेवा प्रदान गर्ने निजी तथा सरकारी कम्पनीलाई सो पुरस्कार वितरण गर्ने गरिन्छ। कार्यक्रममा विश्वभरका व्यापारी, प्राज्ञिक, विज्ञ तथा गुणस्तर व्यवसायी सहगभाी थिए।

प्रकाशित: २५ असार २०७६ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App