१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टिकट चेकर बने ‘राँचीका राजकुमार’

लन्डन – भारतलाई दुई पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल  महेन्द्रसिंह धोनी ‘राँचीका राजकुमार’ का रूपमा पनि परिचित छन्। गत आइतबार मात्र ३८औं वर्षका जन्मदिन मनाएका धोनीले भारतलाई एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको उपाधि दिलाएका थिए।

एक समय भारतको खड्कपुर रेल वे स्टेसनमा टिकट चेक गर्ने काम गर्ने युवा भारतकै सबैभन्दा सफल कप्तान हुन्छन् भन्ने कसैले सोचेका थिएनन्। तर, धोनी ती सबै गरेर देखाए। निकै संघर्षबाट जुझ्दै हाल उनी विश्वभरका क्रिकेट समर्थकका लागि आदर्शका पात्र बनिकसकेका छन्। उनको पिता पान सिंह झारखण्डमा एक सामान्य परिवारका सदस्य थिए।

धोनीका पिता पानसिंह पम्प अपरेटरका काम काम गर्दथे। धोनी त्यस समय टेनिस बलबाट क्रिकेट खेल्ने गर्दथे। दुब्लो पातलो भएकाले पनि धोनीका सहकर्मीले उनलाई विकेटकिपर बनाएका थिए। त्यो समयमा धोनी फुटबल र ब्याडमिन्डनका पनि राम्रा खेलाडी थिए। उनका विद्यालयका खेलकुद शिक्षक केशव बनर्जीका अनुसार धोनी सानैदेखि छक्का प्रहार गर्न माहिर मानिन्थे।

विद्यालयमा क्रिकेट खेल्दा धोनीले कयौं पटक वरपरका घरको सिसा फुटाएका थिए। सन् १९९७ मा भएको विद्यालयस्तरको प्रतियोगितामा धोनीले १६ वर्षकै उमेरमा दोहोरो शतक प्रहार गरेका थिए।

विद्यालयमा क्रिकेट खेल्दा धोनीले कयौं पटक वरपरका घरको सिसा फुटाएका थिए। सन् १९९७ मा भएको विद्यालयस्तरको प्रतियोगितामा धोनीले १६ वर्षकै उमेरमा दोहोरो शतक प्रहार गरेका थिए। ४० ओभरको उक्त खेलमा उनले आफ्ना सहकर्मीसँग ३ सय ७८ रनको साझेदारी बनाएका थिए। सोही प्रदर्शनका कारण उनलाई स्थानीय क्लबबाट खेल्ने अवसर मिलेको थियो। सो क्लबपश्चात् धोनीले स्टिल अथोरिटी अफ इन्डिया लिमिटेड (सेल)को टोलीबाट खेल्ने अवसर पाए।
जहाँ उनले आफ्नो पहिलो कमाइका रूपमा ६ सय २५ भारु प्राप्त गरेका थिए। प्रदर्शन राम्रो हुँदै गएपछि धोनीले स्तरीय क्लबबाट खेल्ने अवसर पनि पाए। साथै उनको कमाइ पनि बढ्ने थाल्यो। सन् २००० मा बिहारको यु–१९ क्रिकेटबाट राम्रो खेलेपछि उनले भारतको राष्ट्रिय टोलीको बाटोसमेत रहेको रणजी ट्रफीमा खेल्ने अवसर पाए। यद्यपि, समयमै उनले सूचना नपाएपछि त्यो अवसर गुमाए।

दोस्रो पटक उनका परमजित नाम गरेका साथीले धोनीलाई समयमा इस्ट जोनको टोलीबाट खेल्न मद्दत गरेका थिए। त्यो पटक पनि बाटोमा गाडी बिग्रेका कारण धोनीले खेल्ने अवसर पाएएनन्। सन् २००१ मा भने उनको क्रिकेट करियरले उडान भ¥यो। जहाँ उनले खड्कपुरमा खेलकुद कोटाबाट पूर्वी रेलवेमा जागिर प्राप्त गरे। टिकट जाँचबुझको जागिर पाएका धोनीले महिनाको ३ हजार रुपैयाँ पाउँथे। तर पनि उनले रेलवेको टोलीबाट खेल्ने अवसर पाएनन्। त्यससँगै निराश भएका धोनीले रेलवेको जागिर त्यागे। त्यही समयमा बंगालका पूर्वकप्तान प्रकाश पोदारको नजरमा धोनी परे। पोदारले टोली छनोटकर्ताका प्रमुखसम्म धोनीलाई पु¥याइदिए।  उनी पछि इस्ट जोनको टोलीमा पनि परे। सन् २००४ मा मोहालीमा इस्ट जोन र नर्थ जोनबीच खेल भएको थियो। सोही क्रममा धोनीले विकेटकिपिङबाट छनोटकर्ताको नजरमा राम्रो प्रभाव छोडे।

सो समयमा भारतसँग पनि राम्रो विकेटकिपरको खाँचो थियो। सो समय राहुल द्रविडले पार्ट टाइमका रूपमा विकेटकिपिङ गर्दथे। सोही खेलमा धोनीले ६ वटा क्याच लिए। त्यस क्रममा उनले ४७ बलमा आठ चौका र एक छक्काको मद्दतबाट ६० रनको इनिङ खेले। जसमा उनले आशिष नेहराको बलमा हुकबाट चौका हिर्काउँदै छनोटकर्ताको मन जिते।

सोही खेलको प्रदर्शनबाट उनले भारतको ‘ए’ टोलीमा स्थान बनाए। तर, भारतीय टोलीबाट उनको सुरुआत निकै खराब रह्यो। बंगलादेशविरुद्धको खेलबाट डेब्यु गरेका धोनी एक बलमै रनआउट भए। सुरुआती चार इनिङमा उनको सर्वाधिक रन १२ थियो। तर, पनि तत्कालीन कप्तान सौरभ गांगुलीले धोनीप्रति विश्वास गरे। विसाखपटनमा पाकिस्तानविरुद्धको खेलमा गांगुलीले धोनीलाई अवसर दिए।

त्यसलाई सदुपयोग गर्दै धोनीले १ सय ४८ रनको यादगार इनिङ खेल्दै गांगुलीको भरोसालाई सही साबित गरे। त्यसपछि उनले भारतीय टोलीमा आफ्नो स्थान जोगाउनुका साथै विकेटकिपिङको जिम्मेवारी पनि पाए। पछि धोनीले भनेका छन्,‘त्यो खेलमा पनि मैले केही गर्न नसकेको भए दोस्रो खेलमा ड्रप हुने थिएँ। सायद मेरो क्रिकेट करियरकै अन्त्य हुने थियो।’

प्रकाशित: २५ असार २०७६ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App