अख्तियारद्वारा तीन कर्मचारी पक्राउ

बुधबार, २५ असार २०७६, ०७ : २२ नागरिक

बारा – पचरौता नगरपालिकाका इन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटांैडाको टोलीले इन्जिनियर रामप्रकाश सतरा, नायबसुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोलाई पक्राउ गरेको हो।

नगरपालिकाभित्र रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवानीपुरको गरिएको कम्पाउण्ड निर्माणको भुक्तानी दिन टिप्पणीमा सही गर्न सेवाग्रहीबाट इन्जिनियर सतराले १५ हजार र नायबसुब्बा थापाले महिला सशक्तीकरणको अनुशिक्षण तालिमको भुक्तानी दिन टिप्पणी उठाउन १४ हजार घुस लिएका कारण पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग डंगालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका इन्जिनियर सतरासँग कुरा मिलाउन कार्यालय सहयोगी महतोले सेवाग्रहीसँग रकम लिएर दिएपछि उनी पनि पक्राउ परेको अख्तियारले जनाएको छ। नायबसुब्बा थापा जिल्ला विकास समिति बाराका अवकाश प्राप्त कर्मचारी हुन्। उनी नगरपालिकाको योजना शाखामा प्रमुख भएर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad