१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँसगढी बजार डुबानको समस्या ट-यो

निकास खोलपछि नाला भएर पानी बग्दै। तस्बिर/निर्मल

बर्दिया - पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ स्थित बर्सौंदेखि थुनिएको परम्परागत निकास प्रशासनले बल प्रयोग गरेर खोलेपछि बाँसगढी बजार डुबानको समस्या टरेको छ। परम्परागत निकास (नाला) थुनिने गरी बनाइएका दुईवटा व्यापारिक भवनका कारण बर्खामा बाँसगढी बजार डुबानमा पर्ने गरेको थियो।

बेरोकटोक निर्माण भएका व्यापारिक भवनका धनी स्थानीय कृष्ण बास्तोलाले बन्द नालाको निकास दिन नगरपालिका प्रशासनले पटकपटक अनुरोध गरे पनि अटेर गर्दै आइरहेका कारण बाँसगढी बजारमा पानीको सहज अवरुद्ध भएको थियो। बास्तोलाले नालामाथि बनाएको व्यापारिक भवनले निकास साँघुरिएपछि बाँसगढी बजार डुबानमा पर्ने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए।

बजार डुब्ने गरी बनाइएको ड्याम बल प्रयाग गरी भत्काइएको हो। 

परम्परागत निकास खुलेपछि डुबान समस्या टरेको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले बताइन्। ‘पानी परेपछि बाँसगढी बजार सोमबार रातिदेखि जलमग्न थियो,’ उनले भनिन्, ‘परम्परागत निकास खोलिएपछि डुबानको समस्या टरेको छ।’

सोमबार नागरिक न्युज र मंगलबार नागरिक दैनिकमा ‘नालामाथि व्यापारिक भवन’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। नालामाथि मापदण्डविपरीत बनेको व्यापारिक भवनले नाला थुनेका कारण बाँसगढी बजारमा डुबानको समस्या भएको समाचार प्रकाशित भएपछि प्रहरी र नगरपालिका प्रशासनको संयुक्त प्रयासले थुनिएको नाला डोजरको प्रयोग गरेर खोलेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

उनका अनुसार नाला थुनेर भवन बनाउने घरधनी वास्तोलालाई प्रहरीले नियन्त्रण लिएर कारबाही अघि बढाएको छ। ‘परम्परागत निकासमाथि कसरी व्यापारिक भवन बन्यो,’ प्रजिअ कुरुम्बाङले भने, ‘व्यापारिक भवन मापदण्डभित्र रहे–नरहेको बारे अनुसन्धान भइरहेको छ।’ मापदण्डविपरीत भएको पुष्टि भएमा ऐनबमोजिम कारबाही अघि बढ्ने उनले जानकारी दिए। पक्की नाली थुनेर बाँसगढी बजार डुबान हुनेगरी बनाइएको ‘ड्याम’ प्रहरीले मंगलबार बल प्रयोग गरेर भत्काएको छ।

प्रकाशित: २५ असार २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App