१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अमेरिकी डलरसहित पक्राउ

काठमाडाैं- अवैध रुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ। हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई आज प्रहरीले पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हातेझोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ। उनीहरुका विषयमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

नगद लुटपाट 
काठमाडौँको कलङ्कीबाट ललितपुर बालकुमारीतर्फ जाने क्रममा बा४ख ८६४८ नम्बरको बसमा सवार प्रविणकुमार शाहको आज रु ५० हजार लुटपाट भएको छ। अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको नगद लुटी फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोङ्गबुबाट नियन्त्रणमा लिएको जनाइएको छ। रासस

प्रकाशित: २४ असार २०७६ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App